२७ औं मदनआश्रित स्मृति दिवस अवसरमा नेकपा म्याग्दीले पाटी कार्यालय परिसरमा सरसफाई

  • ३ जेष्ठ २०७७, शनिबार
  • 1081 पटक पढिएको

म्याग्दी, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दीले २७ औं मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको दोस्रो बर्षगाठको सन्दर्भमा पाटी कार्यालय परिसरमा डेंगु नियन्त्रणका लागि सरसफाई कायर्यक्रम गरेको छ ।


जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो । दुई लोकप्रिय नेताको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुखद् निधन भएको आज २७ बर्ष वितेकोे छ । दुई नेताको सम्झना गर्दै नेकपा म्याग्दीका कार्यकताले पाटी कार्यालय परिसर हाडेभिरमा सामाजिक दुरी कायम गर्दै सरसफाई गरेका हुन् ।


नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेलले २७ औ मदनआश्रित स्मृति दिवसको सन्दर्भमा नेकपाको सरकारले रहस्यमय घटनाको यथार्थ सार्वजनिक गर्न लाग्नुपर्ने बताए । उनले मदन आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्न कार्यकर्तालाई आग्रह गरेका थिए । मदन आश्रित स्मृति दिवसकै ऐतिहासिक सनदर्भ २ बर्ष अगाडि २०७५ जेठ ३ गते तत्कालिन एमाले र माओवादीबीच एकीकरण गरेर नेकपा बनेको थियो ।


स्मृति दिवसमा नेकपा गण्डकी प्रदेश कमिटि कार्यालय सदस्य नवराज शर्मा, प्रदेश सदस्य विनोद केसी, नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ लगायतका जिल्ला सदस्यहरुको उपस्थित रहेको थियो ।