बेनी जोमसोम सडक खण्डमा एम्बुलेन्स दुर्घटनाः चालक बेपक्ता

  • ४ जेष्ठ २०७७, आईतवार
  • 1060 पटक पढिएको

म्याग्दी, ४ जेठ । मुस्ताङको थासाङ गाउँपालिकाबाट बेनी विरामी ल्याउनतर्फ आउदै गरेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स बेनी– जोमसोम सडक अन्तरगत म्याग्दीको रघगंगा गाउँपालिका–२् बैसरी रिठाबोटबाट कालिगण्डकीमा खसेको छ ।


उक्त एम्बुलेन्समा रहेका चालक थासाङ गाउँपालिका–४ का सुजन बिक बेपत्ता भएको बेनी देखी उद्दारका लागि घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायक उपरिक्षक किरणजंग कुवरले जानकारी दिए ।
चेक पोष्टका अनुसार एम्बुलेन्समा चालक मात्र सवार थिए । कालिगण्डकीमा खसेको एम्बुलेन्स लेखेको सिसा बाहेक अन्य भाग नदीमा डुवेको प्रहरीले जनाएको छ ।
प्रनाउ कुवर सहितको टोली घटना स्थलमा पुगेर खोजी कार्य गरिरहेका छन् ।