भारतद्धारा सिमाक्षेत्रमा भएको हस्तक्षेप विरुद्ध बाबियाचौर बजारमा विरोध
- २ जेष्ठ २०७७, शुक्रबार
- 989 पटक पढिएको
म्याग्दी, २ जेठ । भारतद्धारा सिमाक्षेत्रमा भएको हस्तक्षेप विरुद्ध म्याग्दी मंगलाकाे गाउँपालिकाको केन्द्र बावियाचौरमा युवाहरुल मिलेर विरोध गरेका छन् ।
‘लिपुलेक हाम्रो हो, भारतीय विस्तारवाद मुर्दाबाद।, देशभक्त सचेत युवाहरु एक हौँ, विचार माथिको प्रतिवन्ध खारेज गर’ भन्ने मुल नारासहित स्थानीय युवाहरु मिलेर शुक्रबार बावियाचौर बजारमा विरोध प्रर्दशन गरेका हुन् ।
भारतद्धारा लीपुलेक कालापानी लगायत देशका अन्य सीमावर्ती क्षेत्रमा गरिएको हस्तक्षेप विरुद्ध सरकारको ध्यानाकर्षण गर्न शान्तिपुर्ण रुपमा युवाहरु मिलेर विरोध प्रर्दशन गरिएको बावियाचौरका सन्तोष गिरिले जानकारी दिए ।
२० जना भन्दा बढी युवाहरुको समुहले भारतीय विस्तारवाद विरुद्ध प्लेकार्डसहित नारा लगाउदै बावियाचौर बजार परिक्रमा गरेका थिए ।