म्याग्दी समाचार
कोरोना महामारीमा थलिएको शिक्षा : विद्यालय जान आतुर विद्यार्थी (रिपोर्ट)
- 5 बर्ष, 6 महिना अगाडि
- १५ आश्विन २०७७, बिहीबार
कमल खत्री म्याग्दी १५ असोज । बेनी नगरपालिका–९ तोरीपानीकी कक्षा १० मा अध्ययनरत प्रतिक्षा बानियाँ आफ्नो शैक्षिक भविश्यबारे अन्यौलमा हुनुहुन्छ । गलेश्वर माविको प्राविधिक धार तर्फ (सिभिल इन्जिनियरिङ) अध्ययनरत बानियाँ पाठ्यक्रमका आधारमा प्रयोगात्मक शिक्षण सिकाइ आबश्यक पर्ने भएपनि करिब ६ महिनादेखि विद्यालयको नियमित पठनपाठन सञ्चालन नहुँदा अन्यौलता छाएको बताउनुहुन्छ ।... पुरा पढ्नुहोस
म्याग्दीमा थप तीन जनामा कोराेना संक्रमण पुष्टि
- 5 बर्ष, 6 महिना अगाडि
- १५ आश्विन २०७७, बिहीबार
म्याग्दी, १५ असोज । म्याग्दीमा थप तीन जनामा कोराेना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर बेनीको क्वारेन्टाईनमा बसेका तीन जनाको पीसिआर परिक्षण गर्दा कोराेना संक्रमण पुष्टि भएको हो । अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकमी , जोखिमयुक्त जिल्लाबाट आएका ब्यक्ति र शंकास्पद विरामीहरुसहित ४३ जनाको नमुना संकलन पोखरास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा... पुरा पढ्नुहोस
सारेमारेको बेलबोटमा हत्या गरि गाडेको अबस्थामा महिलाको शव फेला, श्रीमान पक्राउ
- 5 बर्ष, 6 महिना अगाडि
- १४ आश्विन २०७७, बुधबार
म्याग्दी १४ असोज । म्याग्दीको बेनी नगरपालिका –१ सारेमारे बेलबोटमा श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । श्रीमतीको हत्या गरि छिमेकीलाई समेत थाहा नदिइकन शव गाडेको सूचनाका आधारमा बुधवार विहान घटनास्थलमा पुगेको प्रहरीले ३९ बर्षिया बिरबहादुर सार्कीलाई नियन्त्रणमा ल्याएको हो । घर नजीकैको बारीमा खाडल खनेर गाडिएको... पुरा पढ्नुहोस
म्याग्दी र मुस्ताङका पशुपन्छी पालक कृषकलाई ५ करोड १७ लाख बजेट
- 5 बर्ष, 6 महिना अगाडि
- १३ आश्विन २०७७, मंगलवार
म्याग्दी, १३ असोज । म्याग्दी र मुस्ताङका पशुपन्छी पालक कृषकलाई ५ करोड १७ लाख २४ हजार रुपैया बजेट विनियोजन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले दूई जिल्लामा स्विकृत बार्षिक कार्यक्रम केन्द्र प्रमुख नारायण कुसुमले पत्रकारहरुको उपस्थितमा बजेटसहितको कार्यक्रम सार्वजनिक गरेका हुन् । पशुपालनलाई ब्यवसायिक... पुरा पढ्नुहोस
म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सांसद केसीद्धारा गण्डकी प्रदेश सरकारको ध्यानकर्षण
- 5 बर्ष, 6 महिना अगाडि
- १३ आश्विन २०७७, मंगलवार
बेनी, १३ असोज । गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा नगरिएकोमा आपत्ति जनाउनुभएको छ । गण्डकी प्रदेशसभाको मंगलबार बसेको बैठकमा बिशेष समय लिएर बोल्दै म्याग्दी क्षेत्र (क)बाट निर्वाचित केसीले संघीय सरकारले बागलुङ र सिन्धुपाल्चोकलाई मात्र विपद्बाट संकटग्रस्त जिल्ला घोषणा गरेर अन्य जिल्लालाई विभेद गरेकोमा असन्तुष्टि जनाउनुभयो... पुरा पढ्नुहोस
म्याग्दीका बाढीपहिरो पीडितलाई मगर संघको रु ५ लाख बराबरको राहत सहयोग
- 5 बर्ष, 6 महिना अगाडि
- १३ आश्विन २०७७, मंगलवार
म्याग्दी १३ असोज । म्याग्दीको मंगला ,मालिका र धवलागिरी गाउँपालिकाका अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडितलाई नेपाल मगर संघद्धारा राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको सो... पुरा पढ्नुहोस
पौरखी पाइला : पशुपालनबाट रहरलाग्दो कमाई ( भिडियाे रिपाेट सहित
- 5 बर्ष, 6 महिना अगाडि
- १३ आश्विन २०७७, मंगलवार
कमल खत्री बेनी, १३ असोज । बेनी नगरपालिका–६ अर्थुङ्गेका २७ बर्षका युवा कृषक कमल पौडेल पशुपालनबाट भएको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । करिब ९ बर्ष अघि रोजगारका लागि विदेश जाने हुटहुटी चलिरहेकै बेला पौडेलले भने आफ्नै ठाउँमा पसिना बगाउने निधो गरी कुखुरा र गाईभैँसी पालनमा होमिनुभयो । पौडेलको फार्ममा अहिले १०... पुरा पढ्नुहोस
सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको उप–सभापतीमा म्याग्दीका विश्वकर्मा निर्वाचित
- 5 बर्ष, 6 महिना अगाडि
- १२ आश्विन २०७७, सोमबार
म्याग्दी १२ असोज । सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश को उप–सभापतीमा म्याग्दीका जीवनकुमार विश्वकर्मा निर्वाचित हुनुभएको छ । सोमबार पोखरामा सम्पन्न साधारण सभा तथा अधिवेशसनमा बेनीको न्यूरोडमा सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएका विश्वकर्मा उप–सभापतीमा निर्वाचित हुनुभएको हो । विश्वकर्मा म्याग्दी उद्योग बाणिज्य संघका निवर्तमान र सुनचाँदी व्यवसायि संघ म्याग्दीका पूर्व... पुरा पढ्नुहोस
मालिकामा काँग्रेसका वडा सभापती सहित ८५ जना नेकपामा प्रवेश
- 5 बर्ष, 6 महिना अगाडि
- १२ आश्विन २०७७, सोमबार
म्याग्दी १२ असोज । म्याग्दीको मालिका गाउँपालिकाका विभिन्न वडाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ८५ जना प्रवेश गरेका छन् । मालिका गाउँपालिका–७ बिमका काँग्रेस वडा समितिका सभापती धनकुमार पाईजा सहितले काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ । सोमबार नेकपा मालिका गाउँपालिका स्तरीय पार्टी कमिटी बैठकको अवसरमा मालिकाको... पुरा पढ्नुहोस
बेगखाेलामा पुल नहुँदा जोखिमपूर्ण तवरले यात्रा गर्नुपर्ने बाध्यता (भिडियो सहित)
- 5 बर्ष, 6 महिना अगाडि
- ११ आश्विन २०७७, आईतवार
म्याग्दी ११ असोज । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटरेवल पुल नहुँदा खोलामा जोखिमपूर्ण तवरले सवारी वारपार गराउनुपर्ने बाध्यता आएको छ । सवारी वारपारको लागि मोटरेवल पुल संगै सर्वसाधारण र यात्रुहरु वारपार गर्ने झोलुङ्गे पुल नहुँदा सर्वसाधारण र यात्रुहरुले सास्ती खेपिरहेका छन् । https://www.youtube.com/watch?v=zSFNN5mM2r4 मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग... पुरा पढ्नुहोस