म्याग्दी समाचार

वडा अध्यक्षद्धारा खाद्यान्न वितरण

  म्याग्दी, २३ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटका वडा अध्यक्ष दिलिपकुमार शेरचनले ब्यक्तिगत खर्चमा वडाबासीलाई खाद्यान्न वितरण गर्नुभएको छ ।वडा भित्रका अति बिपन्न, दलित तथा एकल महिलाका परिवारलाई खाद्यान्न बितरण गर्नुभएको हो । ५३० परिवारलाई व्यक्तिगत रुपमा रु. चार लाख ५० हजार खर्च गरेर दैनिक उपभोग्य खाद्य सामग्री राहत... पुरा पढ्नुहोस

राखु पखटोलमा जनश्रमदानबाट सडक बनाउँदै

  धिरन खत्री म्याग्दी, २३ बैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको त्रास सहरगाँउ सबैतिर छ । कोरना रोकथाम गर्न नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन जारी छ । लकडाउनका कारण काठमाण्डौ, पोखरा र बेनी लगायतका सदरमुकाम केन्द्रित युवाहरु र ब्यवसायीहरु आफ्नो जन्मथलो गाउँ फर्किएका छन् ।... पुरा पढ्नुहोस

जहाँ लगडाउनको असर छैन

धिरन खत्री, म्याग्दी, २२ बैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको त्रास गाँउसहर सबैतिर छ । कोरना रोकथाम गर्न नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन जारी छ । लकडाउनका कारण बजारदेखि गाउँसम्म मानिसहरु घरबाहीर निस्केका छैनन् । सुनसान छ । तर म्याग्दीका जंगलमा घुमन्ते शैलीमा भेडाबाख्रा र... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा ३ जना डेंगु संक्रमित भेटिए

  धिरन खत्री , म्याग्दी, २२ बैशाख। म्याग्दीमा डेंगु संक्रमणको उच्च जोखिम देखिएको छ। बेनी नगरपालिकामा तीन जना डेंगु संक्रमित भेटिएका छन् । बेनी अस्पतालमा बैशाख १८ गते नगरपालिका वडानम्वर ९ का ३० बषिय पुरुष, १९ गते बेनी नगरपालिका–६ छापाकी ५८ बर्षिय महिला र २१ गते आईतबार बेनी नगरपालिका– ५... पुरा पढ्नुहोस

कुखुरा पालक कृषक मारमा : ‘बजार अभाबले खरिद मुल्य घट्यो, लगानी डुब्यो’ (फोटो फिचर)

कमल खत्री बेनी २१ वैशाख । बेनी नगरपालिका– २ बगरफाँटका डेकबहादुर कार्कीको फर्ममा करिब २ हजार कुखुरा बजारीकरणको लागि तयारी अबस्थामा छन् । लकडाउनको पूर्वसन्ध्यामा कार्कीको श्री केसी पोल्ट्री फर्ममा रोखका वोइलर कुखुराका चल्ला हुर्कदै जाँदा खुसी हुनुपर्नेमा निरास हुनुहुन्छ । लकडाउनसंगै बजारमा कुखुराको माग र मुल्य दुबै घटेपछि कार्की... पुरा पढ्नुहोस

सरकारी विद्यालयको गुणस्तर सुधार कहिले ?

दिनेशजंग कटुवाल वैशाख २१ । “ठुला ठुला ताल्चा लाई साना साना चापिले खोलिदिन्छ “ शिक्षा त्यही चापी हो जसको माध्ययमले भविश्यमा आइपर्ने चुनौती र अवसरको ताल्चा खोलिदिन्छ । शिक्षा हरेक व्यक्तिलाई सफल र सरल बाटोतर्फ हिड्न सिकाउने मार्ग हो । संसारमा जे–जति परिवर्तन भएका छन् त्यो शिक्षा पाएका शिक्षित विद्वान... पुरा पढ्नुहोस

क्यान म्याग्दीद्धारा बेनी अस्पताललाई स्यानिटाइजर सहयोग

म्याग्दी २१ वैशाख । कम्प्युटर एशोसियसन अफ नेपाल म्याग्दीशाखा द्धारा आइसीटि डे को अवसरमा बेनी अस्पताललाई स्यानिटाइटर सहयोग गरिएको छ । शाखाका अध्यक्ष बामदेव रिजालको रु ५ हजार बराबरको सहयोगमा अस्पताललाई स्यानिटाइजर सहयोग गरिएको हो । उक्त स्यानिटाइजर शनिबार बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाल लाई हस्तान्तर गरिएको संस्थाका सचिव लाल... पुरा पढ्नुहोस

बेनी अस्पतालको आइसोलेशनको मापदण्ड पुरा गर्न सुझाब

बेनी २० वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि म्याग्दीको बेनी अस्पतालमा निर्माण गरिएको भनिएको ६ बेड क्षमताको आइसोलेन वार्डमा आधारभुत पूर्वाधार नपुगेको पाईएको छ । कोरोना भाइरसको लक्षण देखिएका र संक्रमण पुष्टी भएका विरामीहरुलाई उपचार गर्नको लागि बेनी अस्पतालमा ६ बेड क्षमताको... पुरा पढ्नुहोस

पाण्डे मेडिकलहलद्धारा बेनी नगरपालिकालाई रु १ लाख बढीको औषधी सहयोग

म्याग्दी २० वैशाख । सदरमुकाम बेनीको न्यूरोडमा रहेको पाण्डे मेडिकल हलले बेनी नगरपालिकालाई रु १ लाख बढीको औषधी सहयोग गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण सर्वसाधारण नागरिकमा अन्य विभिन्न रोगको औषधीको पहुँच पुग्न कठिनाई आइपरेको अबस्थामा मेडिकल हलले रु... पुरा पढ्नुहोस

बेनीको क्वारेनटाईनमा सरसफाई सामाग्री र नुहाउने ब्यवस्था नभएको गुनासो (रिपोर्ट)

म्याग्दी १९ वैशाख । राजधानी काठमाडौ लगायत शहरी क्षेत्रबाट म्याग्दीमा आएकाहरुलाई क्वारेनटाईनमा राखिएको छ । जिल्ला स्थित सबै स्थानीय तहहरुले बाहिरबाट आएकाहरुलाई क्वारेनटाइनमा राखेका छन् । यस बिचमा बेनीमा बेनी नगरपालिकाले न्यु वेष्ट प्वाइन्ट आवसीय माविमा सञ्चालन गरेको क्वारेनटाईनमा बसेकाहरुले सरसफाई सामाग्रि र नुहाउने ब्यवस्था नभएको गुनासो गरेका छन् ।... पुरा पढ्नुहोस