म्याग्दी समाचार

शालीग्राम लघुवित्तको प्रथम साधारण सभा सम्पन्न

म्याग्दी १७ माघ । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाटमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थाको प्रथम बार्षिक साधारण सभा शनिवार बेनीमा सम्पन्न भएको छ । विभिन्न ५ स्थानमा आफ्नो सेवा विस्तार गरिसकेको यस लघुवित्तले रु ६ करोड बढी लगानी गरेको जनाएको छ । साधारण सभामा संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले... पुरा पढ्नुहोस

मोडेल फार्ममा छनौट भएका कृषकलाई अभिमुखीकरण

म्याग्दी १७ माघ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले साना पशुपंक्षी तथा मत्स्य व्यवसायीक फार्म विस्तारका लागि मोडेल फार्ममा छनौट भएका कृषकहरुलाई अभिमुखीकरण गर्न सुरु गरेको छ । चालु आर्थिक बर्षका लागि विभिन्न कार्यक्रममा अनुदानका लागि छनौट भएका कृषकहरुलाई कार्यालयले समूहगत रुपमा अभिमुखीकरण गर्न सुरु गरेको हो... पुरा पढ्नुहोस

धवलागिरी आधार शिविर जोड्ने नयाँ पदमार्गमा पूर्वाधार निर्माण सुरु

म्याग्दी १७ माघ । धौलागिरि आइसफल पदमार्गमा जोडिएर संसारको सातौँ (८,१६७) मिटर अग्लो धवलागिरी हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको जलथले–फगाम–सुवा–मतिचौर–कालीबराह हुँदै रघुगङ्गा गाउँपालिकास्थित धवलागिरी हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्गमा पूर्वाधार निर्माण सुरु भएको हो । दानाका बासिन्दाले भेडाबाख्रा र गाईभैँसीको... पुरा पढ्नुहोस

संसद विघटनको विरोध र समर्थनमा म्याग्दीका नेताहरुको घम्साघम्सी (भिडियो)

म्याग्दी १६ माघ । म्याग्दीका राजनीतिक दलका नेताचहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमको विरोध र समर्थनमा कडा जबाल जबाफ गरेका छन् । नेपाल पत्रकार महासंघ म्याग्दीको सातौँ साधारण सभा कार्यक्रममा अतिथिको रुपमा सहभागी नेपाली काँग्रेसका जिल्ला उपसभापति माधव प्रसाद रेग्मी र नेकपा (प्रचण्ड–नेपाल पक्ष) का नेता बालकृष्ण... पुरा पढ्नुहोस

पत्रकार महासंघ म्याग्दीको साधारण सभाः सबैको सहकार्यले विकास सम्भव : मन्त्री पुन (तस्बिर सहित)

म्याग्दी १६ माघ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सबै पक्षको सहकार्यले मात्रै समाजमा सकरात्मक परिवर्तन र विकास सम्भव हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको सातौँ साधारणसभा तथा छैटौँ अधिवेशनको शुक्रवार बेनीमा उद्घाटन गर्दै मन्त्री पुनले सो कुरा बताउनुभएको हो । उहाँले सरकार, सरोकारवाला, सञ्चार क्षेत्र,... पुरा पढ्नुहोस

कोरोना विरुद्धको ‘कोभिसिल्ड’ खोपले जगायो उत्साह (भिडियो सहित)

म्याग्दी १४ माघ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप अभियानले उत्साह बढाएको छ । नेपाल सरकारले भारतबाट ल्याएको उक्त खोपको जिल्ला स्तरमा समेत उपलब्ध हुन सुरु भएसंगै कोरोना महामारीबाट जनजिवनलाई सामान्य बनाउनतर्फ आम नागरिकमा आसा र उत्साह बढाएको हो । https://www.youtube.com/watch?v=djWWnm_hDmo&t=24s म्याग्दीमा बुधवारदेखि पहिलो चरणमा... पुरा पढ्नुहोस

यातायात व्यवसायिलाई राहतः बेनीबाट अस्थाई रुट परमिट जारी गर्न सुरु

बेनी, १३ माघ । म्याग्दीका यातायात व्यवसायिलाई अस्थाई रुट परमिट लिनका लागि बागलुङ पुग्नुपर्ने झण्झट हटेको छ । पुर्बाधार बिकास कार्यालय, म्याग्दीले मंगलबारदेखि सवारी साधनको अस्थाई रुट परमिट जारी गर्न थालेसंगै यस अघि बागलुङ गएर अस्थायी रुट परमिट लिनुपर्ने बाध्यता हटेको हो । गण्डकी प्रदेशको भौतिक पुर्बाधार बिकास मन्त्रालयको २०७७... पुरा पढ्नुहोस

राष्ट्रिय अपांग महासंघ नेपालको संघीय कार्यसमितिको बैठक बेनीमा

https://www.youtube.com/watch?v=Z7SIWDSBIBo   म्याग्दी १३ माघ । राष्ट्रिय अपांग महासंघ नेपालको संघीय कार्यसमितिको पाँचौ पूर्ण बैठक म्याग्दी सदरमुकाम बेनीमा हुन लागेको छ । माघ १४ गते बुधवार हुने बैठकको सम्पूर्ण तयारी पुरा भएको जनाईएको छ । महासंघले मंगलवार पत्रकार सम्मेलन गरि बुधवार हुने संघीय कार्यसमितिको पूर्ण बैठकको सम्पूर्ण तयारी पुरा भएको... पुरा पढ्नुहोस

रघुगंगाको कोरोना अस्पतालमा पहिलो पटक डाक्टर पुगे

बेनी, १३ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा गाउँमै बसेर नियमित सेवा दिने गरि पहिलो पटक डाक्टर पुगेका छन् । पिप्लेमा स्थापना गरिएको कोरोना अस्पतालमा गाउँपालिकामै पहिलो पटक डाक्टर पुगेका हुन् । डाक्टर सन्तोषकुमार बोहोरालाई गाउँपालिकाले हालै कोरोना अस्पतालको चिकित्सकको रुपमा नियुक्त गरेको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक टिकाबहादुर शाहीले... पुरा पढ्नुहोस

सरस्वति आधारभूतका बिद्यार्थीलाई पोशाक बितरण

बेनी, १३ माघ । बेनी नगरपालिका–२ बगरफाँटमा रहेको सरस्वति आधारभूत बिद्यालयका बिद्यार्थीलाई सोमबार पोशाक बितरण गरिएको छ । बगरफाँट घर भई हाल नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा कार्यरत कृषि बैज्ञानिक टिकाबहादुर कार्कीले दिवंगत परिवारका सदस्यहरुको स्मृतिमा ७० जना बालबालिकालाई पोशाक बितरण गर्नुभएको हो । उहाँले स्वर्गीय बुवा मोतिलाल कार्की, आमा... पुरा पढ्नुहोस