मोतियाविन्दुको निःशुल्क उपचार शिविर सुरु

  • १५ चैत्र २०७७, आईतवार
  • 1826 पटक पढिएको

म्याग्दी, १५ चैत । म्याग्दीको सदरमुकाम बेनीमा मोतियाविन्दुको निःशुल्क उपचार शिविर सुरु भएको छ । सामाजिक र मानविय सेवामा क्रियाशिल लायन्स क्लवहरुको आयोजनामा आईतबारदेखि शिविर संचालन भएको हो ।


जिल्लाको बेनी नगरपालिकासहित रघुगंगा अन्नपुर्ण, मालिका धौवलागिरी, मंगला र पर्वतको जलजला गाउँपालिकामा संचालन भएका शिविरमा पहिचान भएका मोतियाविन्दु विरामीहरुको उपचारका लागि बेनीमा निशुल्क शल्यक्रिया शिविर आयोजना गरिएको जोन चियर प्रसन लोकेश पुनमगरले बताए ।


सोमबारसम्म संचालन हुने शिविरमा स्थानीय तहमा आयोजित शिविरबाट मोतियाविन्दू भेटिएका ११० जनाको निशुल्क अप्रेशन गरिने छ । हिमालय आखा अस्पताल पोखरा, नेपाल नेत्र ज्योती संघ र नेपाल रेडक्रस सोसाईटी र बेनी अस्पतालको प्राविधिक सहयोगमा शल्यक्रिया शिविर संचालन गरिएको हो ।


जिल्लामा क्रियाशिल एक दर्जन लायन्स क्लवका सदस्यहरुको ब्यवस्थापनमा निशुल्क शिविरसंगै मोतियाविन्दूको अप्ररेशन आयोजना भएको सन्दिप खत्रीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी गशेबहादुर अधिकारीले शिविरको उद्घाटन गरेका थिए ।