होली पर्वको अवसरमा रुईसेटोलमा विविध कार्यक्रम
- १५ चैत्र २०७७, आईतवार
- 1209 पटक पढिएको
म्याग्दी, १५ चैत । होली पर्वको अवसरमा रघुगंगा गाउँपालिका– २ रुईसेटोलमा विविध कार्यक्रम गरिएको छ । न्यु जेनेरेशन युथ क्लव र प्रगतिशिल आमा समुहको आयोजनामा होली विशेष कार्यक्रममा ४० जना जेष्ठ नागरिकलाई फुलमालासहित फलफूल दिएर सम्मान गरिएको हो ।
कार्यक्रममा आयोजित म्युजिकल चियर प्रतियोगितामा प्रथम अप्सन भण्डारी, दिप्तृय सपना कार्की, र तृतिय किशोर परियार भएका छन । उनीहरुलाई क्रमश एकहजार, सात सय र चारसय रुपैयाले सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष रिमबहादुर कटुवालले जेष्ठ नागरिकलाई अविर फुलमालासहित फलफूल वितरण गरेका थिए । जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरताप्रति क्लव र आमासमुहलाई धन्यवाद दिदै आगामी दिनमा निरन्तरता दिन आग्रह गरेका थिए । उनले जेष्ठ नागरिक हाम्रा सम्पति भएको बताउदै आमासमुह र क्लव मिलेर कलासस्कृतिको संरक्षण, आत्मनिर्भर हुने ब्यवसाय र पुर्वाधार विकास क्षेत्रमा आग्रह गरेका थिए । कार्यक्रममा युवा ब्यवसायी हरी भण्डारीले क्लबलाई धन्यवाद दिदै अन्य सामाजिक कार्यमा सहभागि हुन आग्रह गरेका थिए ।
क्लवका अध्यक्ष शान्तबहादुर भण्डारीको अध्यक्षता पुर्व क्ल्व अध्यक्ष ओमबहादुुर भण्डारी स्वागत मन्तव्य र सचिव राम्जी भण्डारीले संचालनमा रहेको कार्यक्रममा टोल सुधार समितिका संयोजक, स्थानीय समाजसेवी, क्लवका सदस्यहरु लगायतको उपस्थित रहेको थियो । क्लवले आगामी बैशाखमा तेस्रो रुईसे रनिङ कप हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको जानकारी दिएको छ ।