चिमखोलाको भुमे पुजामा कालोमोसो लगाउने सँस्कृति

  • १४ चैत्र २०७७, शनिबार
  • धिरन खत्री
  • 529 पटक पढिएको

म्याग्दी, १४ चैत । कालो मोसो लगाउने भन्दा वित्तिकै गलत काम वा भष्ट्रचार गर्नेलाई सजायको रुपमा लगाउने बुझिन्छ । तर म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा कालोमोसो लगाउने सस्कृतिको रुपमा रहेको छ । परम्परागत पुर्खादेखिनै भुमे देउतालाई खुशी बनाउन पुजा प्रश्चात एक अर्कामा कालो मोसो लगाउदै रमाउने सस्कृति चिमखोलामा निरन्तर छ ।

मगर समुदायको बहुल्यता भएको चिमखोला साँस्कृतिक विविधताले भरिपूर्ण छ । देश विदेशमा चर्चा कमाएको थालि नाचको उदगम थलो चिमखोलामा मानिन्छ । चिमखोले ढोको र पुख्यौली नृत्यले परिचित यस गाउँमा चैतको पहिलो मंगलरबार गाउँबाहिर देश तथा विदेशमा रहेका चिमखोला बासी गाउँ फर्किएर परम्परागत मण्डली र भुमे पुजा र सास्कृतिक कार्यक्रम आयोजना गरेर रमाउने गर्छन ।

यहाँ थालि नाचका साथै जुरेचल्ला र टोपा नाच संगै सर्मजाले, सोरठी र कलस जुधाउने जस्ता मौलिक संस्कृतिमा आफ्नै महत्व छ । भुमेपुजाको दिन भुमे देवतालाई खुसी बनाउन भुमेलाई जाँडलाई जल र प्रसादको रुपमा प्रयोग गरिन्छ । आमासमुहले हरेक घरधुरीबाट कोदो उठाएर कोदो पकाएर जाड बनाउने र चलन छ ।

भुमेपुजाको दिन छेमाहरुले छ्याङ खुवाएपछि भुमेलाई खुसी बनाउन युवायुवतीहरु एक आपसमा छ्याङको छोक्रा र खाना पकाउँदा आएको मोसो दलेर रमाईलो गर्छन् ।

भुमे पुजामा लगेर आफन्तजन र पाउनालाई स्वागत तथा सत्कारको रुपमा जाड चखाउने चलन पुर्खादेखि रहदै आएको स्थानीयबासी माया गवुर्जाले बताईन । जाडले स्वागत गरेपछि स्थानीयले एक अर्काविच कालोमोेसो लगाउने रमाईलो गर्ने चलन पुर्खादेखिको सस्कृति रहेको उनले बताईन । यो निरन्तर चलिरहन्छ ।

भुमे पुजा गरिसकेपछि भूमेलाई हसाउन र भूमेलाई मान्न छेमाहरुले हरेक टोलबाट टोपा नाच देखाउने चलन निरन्तर रहेको पात्लेखर्कका ७२ बर्षिय नर्गेद्र पुनले बताए । भुमेपुजाको अवसरमा मण्डली युवा क्लवले धमाखु खेलमैदानमा आयोजना गरेको साँस्कृतिक तथा खेलकुद कार्यक्रममा भुमेलाई खुशी बनाउने उद्देश्यले बाजागाजासहित हरेक टोलबाट भेषभुषामा सजिएर टोपा नाच लिएर खेलकुद मैदान पुगेर सोरठी नृत्य शर्मा जाले, जुरे चल्ला, थाली नाच, कलस जुधाउने सस्कृति लगायतका सस्कृति प्रस्तुत गर्दै सस्कृतिलाई संरक्षण गर्दै आएका छन् ।

स्थानीय कलासस्कृतिकी अगुवा चिनिमाया पुनले आफ्नो गाउँको पुरानो गित गाउँने र नाच्ने सस्कृति बुढाबुढी र युवायुवती र बालबच्चा सबै मिलेर शर्माजाले लगायतको सस्कृति देखाउदै आएको बताईन ।

चिमखोलालाई साँस्कृतिक गाउँको रुपमा घोषणा संगै मौलिक संस्कृतिलाई जोगाउन हरेक भुमेपुजा मेलामा मौलिक संस्कृतिहरु देखाउने चलन निरन्तर छ । धौलागिरी आईसफल पदमार्ग र धार्मिकस्थल रिखार जाने पर्यटकलोई लक्षित गरेर कलासस्कृतिको केन्द्रको रुपमा विकास गर्नुपर्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l