दरबाङ्गमा हुने प्रथम मालिका महोत्सव स्थगित

  • १४ चैत्र २०७७, शनिबार
  • 2443 पटक पढिएको

म्याग्दी, १४ चैत । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा चैत २७ गते देखि हुने प्रथम मालिका महोत्सव अनिश्चितकालका लागि बन्द गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भन्दै आयोजक म्याग्दी उद्योग बाणिज्य संघको मालिका इकाई समितिले महोत्सव स्थगित गरेको हो ।

मालिका गाउँपालिका भित्रका स्थानीय कला सँस्कृतीको जर्गेना तथा विकास, पर्यटन र व्यापारको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको थियो ।

महोत्सव नयाँ कार्यतालिको अर्को मिति कोरोना जोखिम कम भएपछि जानकारी गराईने उद्योग बाणिज्य संघ मालिका ईकाइका अध्यक्ष लेक बहादुर पुनले जानकारी दिनुभयो ।