म्याग्दी समाचार

म्याग्दीका कोरोना शंकास्पद युवाको धौलागिरी अस्पतालमा मृत्यु

म्याग्दी २३ वैशाख । कोरोनाको लक्षणसहित धौलागिरी अस्पताल बागलुङमा उपचाररत म्याग्दीका एक पुरुषको मृत्यु भएको छ । गयराती स्वास्थ्यमा समस्या देखिएको र कोरोनाको लक्षण देखिएका २२ बर्षिय युवालाई बेनीबाट बागलुङ पु¥याएर धौलागिरि अस्पतालमा भर्ना गरिउपचार सुरु गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको धौलागिरी अस्पताल बागलुङले जनाएको छ ।... पुरा पढ्नुहोस

बेनी नगरपालिका क्षेत्रमा आज रातीदेखि निषेधाज्ञा

बेनी, २२ वैशाख । तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा आज रातीदेखि १० दिन लकडाउन (निषेधाज्ञा) हुने भएको छ । सर्वदलिय बैठक र बेनी नगरपालिकाको सिफारिस र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) तथा जिल्ला सुरक्षा समितिको समिति समेतको निर्णयको आधारमा वैशाख २२... पुरा पढ्नुहोस

कोरोनाको जोखिम बढेपछि धवलागिरि गाउँपालिकाको सेवा बन्द

म्याग्दी २२ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिकाको समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि गाउँपालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । बुधवार गाउँपालिका अध्यक्ष थमसरा पुनद्धारा जारी गरिएको सूचनामा वैशाख २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका, वडा र सेवा केन्द्रहरु मार्फत प्रवाह हुने नियमित सेवाहरु बन्द गरिएको जनाइएको... पुरा पढ्नुहोस

म्याग्दीमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी २१ वैशाख । म्याग्दीमा सक्रिय कोरोना संक्रमितको संख्या १ सय नाघेको छ । सोमबार सम्म जिल्लामा ७३ जना सक्रिय कोरोना संक्रमित रहेकोमा मंगलवार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कोरोनाको लक्षण देखिएका ४२ जनाको बेनी अस्पताल परिसरमा संकलन गरिएको स्वाब परिक्षणको क्रममा... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा १० दिन निषेधाज्ञा जारी

बेनी, २१ वैशाख । म्याग्दी सदरमुकाम बेनी बजार आसपासमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न बेनी नगरपालिका क्षेत्रमा १० दिन लकडाउन (निषेधाज्ञा) आदेश जारी भएको छ । https://www.youtube.com/watch?v=o-SopWg65nQ सर्वदलिय बैठक र बेनी नगरपालिकाको सिफारिस र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) तथा जिल्ला सुरक्षा समितिको समिति समेतको... पुरा पढ्नुहोस

म्याग्दीका एक बृद्धको कोरोना संक्रमणबाट पोखरामा मृत्यु

म्याग्दी २१ वैशाख । म्याग्दीका एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मंगला गाउँपालिका–१ तुसारेपानीका ७६ बर्षीय बृद्धको कोरोना संक्रमणका कारण चरक मेमोरियल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर मार्फत उपचारको लागि पोखरा पु¥याईएका बृद्धमा वैशाख १७ गते कोरोना... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा १० दिन लकडाउन हुने

बेनी, २१ वैशाख । म्याग्दी सदरमुकाम बेनी बजार आसपासमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न  बेनी नगरपालिका क्षेत्रमा १० दिन लकडाउन (निषेधाज्ञा) गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को मंगलवार बेनीमा बसेको बैठकले सर्वदलिय सर्वपक्षिय बैठकको निर्णय र बेनी नगरपालिकाको अनुरोध बमोजिम वैशाख २२... पुरा पढ्नुहोस

म्याग्दीमा १० दिन लकडाउन गर्न सर्वदलिय सर्वपक्षिय बैठकको सिफारिस

म्याग्दी २० वैशाख । म्याग्दीमा कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न १० दिन लकडाउन गर्न सर्वदलिय सर्वपक्षिय बैठकले सिफारिस गरेको छ । सोमबार बेनी नगरपाकिलाको आयोजनामा भएको सर्वदलिय सर्वपक्षिय बैठकले जिल्लामा कोरोना संक्रमणको दर बढेको र थप जोखिमलाई न्यूनिकरण गर्न वैशाख २२ गते रातीदेखि १० दिन लकडाउन गर्न जिल्ला कोभिड–१९... पुरा पढ्नुहोस

रोमानियामा मोना गठन, अध्यक्षमा कुवर चयन

म्याग्दी २० वैशाख । प्रवासमा रहेका म्याग्देलीहरु संगठित  हुनेक्रम बढेको छ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) मार्फत संगठित हुने क्रममा रोमानियामा रहेका म्याग्देलीहरु समेत संगठित भएका छन् । बिजय कुवरको अध्यक्षमा मोना रोमानिया गठन गरिएको हो । संस्थाको बरिष्ठ उपाध्यक्षमा डेनिस थापा,उपाध्यक्ष हिमाल सेरपुन्जा , महासचिव अजय कुमार श्रेष्ठ, सचिब... पुरा पढ्नुहोस

म्याग्दीमा कोरोना संक्रमणकाे ग्राफ बढ्यो, एकैदिन थपिए २३ जना संक्रमित

म्याग्दी १९ वैशाख । म्याग्दीमा कोरोना संक्रमितको सख्ंया ह्वात्तै बढेको छ । गण्डकी प्रदेशमा तुलनात्मक रुपमा कोरोना संक्रमितको सख्ंया बढ्नेमा म्याग्दी पनि अग्रपंतीमा देखिएको छ । आईतवार प्रदेशको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको संक्रमितको तथ्याङ्कमा म्याग्दीमा २३ जना संक्रमित थपिएका छन् । स्वास्थ्यमा कोरोनाको लक्षण देखिएका विरामिहरु उपचारको लागि आउँदा बेनी... पुरा पढ्नुहोस