म्याग्दी समाचार

संघिय चुनाव नहुदाँसम्म गठबन्धन निरन्तर रहन्छः गृहमन्त्री खाँड

म्याग्दी, २५ चैत । गृहमन्त्री बालकृष्ण खाँडले संसदको अंकगणित फेरबदल नहुँदासम्म गठबन्धन निरन्तर रहने बताउनुभयो । नेपाली कांग्रेसले बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा खाँडले तीन तहको निर्वाचनसम्म सत्ता गठबन्धन हुन जरुरी रहेको बताउनुभएको थियो । ‘स्थानीय निर्वाचनमा मात्रै हैन प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौ’,... पुरा पढ्नुहोस

म्याग्दीमा टाइफाइडविरुद्धको खोप अभियान सुरु

म्याग्दी, २५ चैत । नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको टाइफाइड रोगविरुद्धको खोप अभियान म्याग्दीमा शुक्रबारदेखि सुरु भएको छ । म्याग्दीमा चैत २५ गते देखि बैशाख २ गतेसम्म संचालन हुने अभियान सुरु भएको हो । बेनी सामुदायिक विद्यालयमा भएको टाईफाईडविरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी... पुरा पढ्नुहोस

नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन सुरु (फोटो फिचर)

कमल खत्री बेनी, २५ चैत । म्याग्दी सदरमुकाम बेनीमा नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन शुक्रवारदेखि सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको अवसरमा बेनीमा छन्त्याल समुदायको पहिचान र संस्कृति झल्कने झाँकी सहित बजार परिक्रममा गरिएको छ । छन्त्याल समुदायको मौलिक भेषभुषा, कला संस्कृतिलाई ¥याली सहित प्रदर्शन... पुरा पढ्नुहोस

शीताेष्ण बागबानीले दियो उन्नत फलफूल खेती विषयक पाँच दिने तालिम

सुशीलबाबू थकाली मुस्ताङ, चैत २५  । मुस्ताङको एक मात्र बागबानी केन्द्र, शीताेष्ण  बागबानी बिकास केन्द्रले उन्नत फलफूल र यसको उत्पादन सम्बन्धि पाँच दिने तालिम प्रदान गरेको छ । गत बीस गतेदेखि शुरू भएको उक्त तालिम बिहीवार सम्पन्न भएको थियो । तालिममा बागबानी बिकास केन्द्र र जिल्ला भित्र उत्पादन हुने हरेक... पुरा पढ्नुहोस

स्थानीय तह निर्वाचन : म्याग्दीमा उम्मेदवार बन्न जनप्रतिनिधिकै होडबाजी

बेनी, २५ चैत । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका राजनीतिक दलहरु उम्मेदवार टुंगो लगाउन व्यस्त छन् । ६ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा स्थानीय तह निर्वाचनमा भाग लिन राष्ट्रिय मान्यता प्राप्त ६ वटा र मान्यता प्राप्त नभएका १४ वटा गरी २० राजनीतिक दल दर्ता... पुरा पढ्नुहोस

मनोरम चिमखोला ( तस्वीर )

बेनी, २४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला गाउँ स्थित बगरखोलामा निर्माण भएको झोलुङ्गे पुल र छहराको मनोरम दृष्य । धौलागिरि आइसफल पदमार्गले समेटिएको यो गाउँ पर्यटकीय गाउँको रुपमा चिनिएको छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

छन्त्याल संघको राष्ट्रिय महाधिवेशनको तयारी पुरा,उद्घाटनको लागी गृहमन्त्री खाँड बेनी आउँदै

बेनी, २४ चैत । शुक्रवारदेखि बेनीमा हुने नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । म्याग्दी सदरमुकाम बेनीमा चैत २५ र २६ गते हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गर्नुहुने कार्यक्रम... पुरा पढ्नुहोस

म्याग्दीमा सत्तागठबन्धनले स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने

बेनी २४ चैत । आसन्न स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनले म्याग्दीमा समेत चुनाबी तालमेल गर्ने भएका छन् । विहिवार बेनीमा बसेको बैठकले जिल्लाको ६ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमती कायम गरेका हुन् । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’को संयोजकत्वमा बसेको पाँच दलको बैठकले आगामी ३० बैशाखमा हुने... पुरा पढ्नुहोस

म्याग्दीमा २८ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाईने

बेनी, २४ चैत । नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा म्याग्दीमा २८ हजार बढी बालबालिकालाई खोप लगाइने भएको छ । नियमित खोप सेवामा समावेश गरि देशव्यापीरुपमा सञ्चालन हुन लागेको उक्त अभियानको क्रममा म्याग्दीमा १५ महिनादेखि १५ वर्षमुनिका २८ हजार ७१८ जना बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको... पुरा पढ्नुहोस

बागलुङमा चैत्राष्टमी मेला आजदेखि

बागलुङ, २४ चैत । चैत्राष्टमी (चैतेदसैँ) को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो । मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । पर्यटनको प्रवद्र्धन, संस्कृतिको संरक्षण र परम्पराको निरन्तरता दिन... पुरा पढ्नुहोस