मुख्य समाचार
मालिका गाउँपालिकाले घरेलु मदिराको परीक्षण गर्ने
- 1 महिना, 7 दिन अगाडि
- १३ जेष्ठ २०८२, सोमबार
म्याग्दी, जेठ १२ गते । म्याग्दीको मालिका गाउँपालिकाले कोदोबाट बन्ने घरेलु मदिराको परीक्षण गर्ने प्रक्रिया अगाडी बढाएको छ । परम्परागत प्रविधि प्रयोग गरेर गाउँगाउँमा उत्पादन भएको घरेलु मदिराको परीक्षण गरी गुणस्तर कायम गर्ने भएको हो । मदिराको गुणस्तर कायम गर्न गाउँगाउँमा उत्पादन भएको मदिरालाई सङ्कलन गरी आधुनिक मेसिन मार्फत परीक्षण गरेर मदिराको... पुरा पढ्नुहोस
अन्नपूर्ण आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुने
- 1 महिना, 7 दिन अगाडि
- १३ जेष्ठ २०८२, सोमबार
म्याग्दी १२ जेठ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि) आरोहणको हीरक महोत्सवको अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्णमा पहिलो पटक मानव पाईला टेकेको ७५ बर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा ३० किलोमिटर लामो म्याराथुन दौड हुन लागेको हो... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा प्रशासकीय भवन निर्माण सुरु (तस्बिर/ भिडियो)
- 1 महिना, 10 दिन अगाडि
- १० जेष्ठ २०८२, शुक्रबार
म्याग्दी, ९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा निशुल्क रुपमा समुदायबाट जग्गा व्यवस्थापन भएपछि पालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । शुक्रवार धार्मिक विधिपूर्वक पूजाआजा सहित गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको छ । गाउँपालिकाले चालु... पुरा पढ्नुहोस
बृहत चिमखोला राखु पिप्ले भगवती खानेपानी योजनाले पूर्णता पाउँछ : राज्यमन्त्री गर्बुजा
- 1 महिना, 11 दिन अगाडि
- ९ जेष्ठ २०८२, बिहीबार
म्याग्दी,८ जेठ । उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजा(खम्बीर) ले बृहत चिमखोला राखु पिप्ले भगवती खानेपानी योजनालाई पूर्णता दिन सरकारले प्राथमिकता दिने बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा विहिवार आयोजित निःशुल्क आँखा उपचार शिविरको उद्घाटन गर्दै राज्यमन्त्री गर्बुजाले राखु पिप्ले, भगवती क्षेत्रमा खानेपानीको समस्या प्रमुख रहेकाले यसको लागि आफुले... पुरा पढ्नुहोस
बेनी कालीगण्डकी जलविद्युत आयोजनामा म्याग्दीका राजनीतिक दल र नीजी क्षेत्रको विरोध
- 1 महिना, 12 दिन अगाडि
- ८ जेष्ठ २०८२, बुधबार
म्याग्दी,७ जेठ । म्याग्दी र पर्वतको सिमानामा बाँध रहेर पर्वतको जलजला गाउँपालिकामा निर्माण गर्न लागिएको बेनी कालीगण्डकी जलविद्युत आयोजनालाई प्रस्तावित ठाउँमा बाँध बनाउन नदिने म्याग्दीका राजनीतिक दलहरुले घोषणा गरेका छन् । बेनी नगरपालिका– ६ स्थित ठूलो पहिरो र पर्वतको जलजला गाउँपालिका– २ बगरफाँटको सिमा क्षेत्रमा बाँध रहने गरी प्रस्ताब गरिएको... पुरा पढ्नुहोस
सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’
- 1 महिना, 12 दिन अगाडि
- ८ जेष्ठ २०८२, बुधबार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरुमा महशिकार सुरु भएको छ । स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रुपमा गाउँ वरपरको भिरमा सामूहिक महशिकार गर्ने वर्षौअघिदेखिको चलनलाई निरन्तरता दिएका छन् । स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मंगलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ । डोरीमा झुण्डीएर... पुरा पढ्नुहोस
‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’, उद्घाटनमा प्रधानमन्त्री ओली आउने
- 1 महिना, 12 दिन अगाडि
- ८ जेष्ठ २०८२, बुधबार
म्याग्दी , ७ जेठ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि) मा पहिलो पटक मानव पाईला टेकेको ७५ बर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा हीरक महोत्सव आयोजना गरिएको छ । महोत्सव उद्घाटनका लागि अन्नपूर्ण आधार शिविरमा पूधानमन्त्री केपी शर्मा ओली आउनुहुने भएको छ । ‘अन्नपूर्ण हीरक महोत्सव’ उद्घाटनका लागि जेठ... पुरा पढ्नुहोस
दग्नाम गाउँको भूमे पूजामा ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता
- 1 महिना, 13 दिन अगाडि
- ७ जेष्ठ २०८२, मंगलवार
म्याग्दी, ६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा सयौँ बर्ष पुरानो साँस्कृतिक चिनारी बनेको ‘लिङ्गो जुधाउने’ प्रतियोगिता भएको छ । भूमे पूजाको अवसरमा मंगलवार आयोजित लिङ्गो जुधाउने प्रतियोगितामा कान्छी गाउँ बिजयी भएको छ । यस गाउँमा परम्परादेखि नै गैरी गाउँ र कान्छी गाउँले लिङ्गो जुधाईमा प्रतिस्पर्धा गर्दै आएका छन् ।... पुरा पढ्नुहोस
मौलिक संस्कृति ‘राधाकृष्ण नाच’ संरक्षणमा जुटे ताकमबासी (तस्बिर/भिडियाे)
- 1 महिना, 13 दिन अगाडि
- ७ जेष्ठ २०८२, मंगलवार
म्याग्दी, ६ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रुपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् । आँखै अगाडी ठोक्किन आउने हिमालको काखमा समथर फाँटमा अवस्थित ताकम गाउँमा मानव बस्ती बसेदेखि नै राधाकृष्ण नाच देखाउन थालीएको इतिहास छ । भजन कृर्तनको साथमा अभिनय सहितको नृत्य रहने... पुरा पढ्नुहोस
विद्यार्थी भर्ना नभएपछि बन्द भए बेनी नगरभित्रका २ विद्यालय
- 1 महिना, 14 दिन अगाडि
- ६ जेष्ठ २०८२, सोमबार
विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् । बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुई वटै विद्यालयका शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन... पुरा पढ्नुहोस