पाँच बर्षकी बालिकाको स्वरमा “यसपालीको दशैमा” (भिडियोसहित)

  • ९ आश्विन २०७७, शुक्रबार
  • 1666 पटक पढिएको

म्याग्दी, ९ असोज । ५ बर्षिय बालिका सुदिक्षा सुनारको स्वरमा यसपालीको दशै गीत म्युजिक भिडयोसहित बजारमा आएको छ । म्याग्देली कलाकारद्धारा अभिनित उक्त म्युजिक भिडियोमा अन्तरजातिय सम्वन्धमा बाधिएका जाेडिहरूकाे कथाहरुलाई समेटिएको छ ।


गीतमा कक्षा १ मा अध्ययनरत पर्वत भंगेरीकी ५ बर्षिय बालिका सुदिक्षा सुनार, म्याग्देली गायक बलबहादुर परियार र नानी सुनारको स्वर रहेको छ ।  म्याग्देली माेडल  सुनिल बाँनिया, श्रद्धा क्षत्री प्रियाङ्क विश्वकर्मा लगायतको अभिनय रहेको सो भिडियोको निर्देशन भुपेन बाँनियाले गरेको हुन् । स्वर गितको लय तथा संगित गायक परियारको रहेको छ ।