प्रतिनिधिसभा पुनस्र्थापना भएपछि बेनीमो विजय उत्सब (भिडियो )

  • १२ फाल्गुन २०७७, बुधबार
  • 1318 पटक पढिएको

म्याग्दी १२ म्याग्दी । प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा विजय जुलुस सहित उत्सब बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणाको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै उत्सव बनाएका हुन् ।

 

विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका थिए भने सूर्य र हँसिया हथौडाको झण्डा बोकेका उनीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाई लगायतका नारा लगाएका थिए ।