ताजा अपडेट
मंगलामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु (फोटो फिचर)
- 6 बर्ष, 4 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
सन्तोष गौतम बाबियाचौर ७ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा मंगलबारदेखि अन्तर मावि छात्रछात्रा स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगला गाउँपालिकाको आयोजना र पालिका स्तरीय खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभयो । ६९ औ प्रजातन्त्र... पुरा पढ्नुहोस
स्थानीय तहहरुमा पनि प्रजातन्त्र दिवस मनाइयो
- 6 बर्ष, 4 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
सन्तोष गौतम बेनी ७ फागुन । म्याग्दीका स्थानीय तह र वडा स्तरमा पनि मंगलबार विभिन्न कार्यक्रम गरेर ६९ औ प्रजातन्त्र दिवस मनाइएको छ । धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको आयोजनामा प्रजातन्त्र दिवस मनाइएको हो । धवलागिरी गाउँपालिकाको ७ वटै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयहरुको आयोजनामा सरफाई कार्यक्रम गरेर... पुरा पढ्नुहोस
रघुगंगामा प्रजातन्त्र दिवस मनाईयो
- 6 बर्ष, 4 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
चन्द्र खड्का मौवाफाँट ७ फागुन । ६९ औँ प्रजातन्त्र दिवसको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिकाले दृष्टिविहिन बालबालिकाहरुलाई स्टेशनरी सहयोग गरेको छ । दिवसको अवसरमा गाउँपालिकाको आयोजनामा ज्ञानोदय मावि, स्थानीय पवित्र आमा समुह र समाजसेवा युवा क्लबले संयुक्त रुपमा प्रभातफेरी गरेका थिए । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका विद्यार्थी र शिक्षक लगायत स्थानीय... पुरा पढ्नुहोस
प्रजातन्त्रप्रति प्रतिवद्ध छौ– सांसद थापा
- 6 बर्ष, 4 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
बेनी ७ फागुन । प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले वर्तमान सरकार र संसद प्रजातन्त्रप्रति प्रतिवद्ध रहेको बताएका छन् ।प्रजातन्त्र दिवस मूल समारोह समिति म्याग्दीले ६९ औ प्रजातन्त्र दिवस तथा जिल्ला निर्वाचन कार्यालयले तेस्रो निर्वाचन दिवसको अवसरमा मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रममा सांसद थापाले प्रजातान्त्रिक मूल्य र मान्यता अनुरुपनै सरकार तथा संसद... पुरा पढ्नुहोस
भारतको नयाँ दिल्लीमा उपचारत शियानालाई थप सहयोग आवश्यक
- 6 बर्ष, 4 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
म्याग्दी, ७ फागुन । भारतको नयाँदिल्लीमा रहेको सर गंगाराम अस्पतालमा उपचार गराईरहेकी बालिका शियाना पुनको थप उपचारका लागि आर्थिक सहयोग आवश्यक परेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी पुनलाई कलेजो प्रत्यारोपण पछि थप उपचारका लागि सहयोग आवश्यक परेको हो । ९ महिनाकी शियानाको कलेजोमा समस्या देखिपछि ओमकुमारी शान्ति कोषको तर्फबाट... पुरा पढ्नुहोस
अर्जुन माविको भवन पुननिर्माण सुरु
- 6 बर्ष, 4 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
बेनी ७ फागुन । बेनी नगरपालिका २ भकुण्डेमा रहेको अर्जुन माविको भवन निर्माण सुरु भएको छ । चार कोठे भवनको सोमबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले शिलँन्यास गरेका हुन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको सत्तरी लाख रुपैयाँ अनुदान सहयोगमा निर्माण हुने भवन भूकम्प प्रतिरोधी क्षमताको हुनेछ । दुई तले भवन... पुरा पढ्नुहोस
पदमार्ग सरसफाई
- 6 बर्ष, 4 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
सन्तोष गौतम बेनी ७ फागुन । म्याग्दीमा सोमबारदेखि ६९ औ प्रजातन्त्र दिवस मनाउन सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको संयोजकत्वमा गठन भएको मूल समारोह समितिको आयोजनामा दिवस मनाउन सुरु भएको हो । दिवसको पहिलो दिन बेनी नगरपालिकाको संयोजनमा बेनीको हाँडेभिर देखि खबरामा रहेको लभ्लिहिल पदमार्ग सरसफाई... पुरा पढ्नुहोस
मालिका गाउँपालिका स्तरीय ‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’को उपाधि भिम माविलाई (फाेटाे फिचर)
- 6 बर्ष, 4 महिना अगाडि
- ५ फाल्गुन २०७५, आईतवार
साधन राम्जाली मगर म्याग्दी, ५ फागुन । म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा सम्पन्न गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि भिम मावि राजदाङ, देविस्थानले हात पारेको छ । आइतबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण प्राप्त गरि भिम माविले उपाधि चुम्न सफल भएको हो । यसैगरि प्रतियोगितामा ६ स्वर्ण... पुरा पढ्नुहोस
सुनचाँदी व्यवसायी संघद्धारा प्रहरीलाई टेलिभिजन सहयोग
- 6 बर्ष, 4 महिना अगाडि
- ५ फाल्गुन २०७५, आईतवार
म्याग्दी, ५ फागुन । म्याग्दी सुनचाँदी व्यवसायी संघले जिल्ला प्रहरी कार्यालयलाई टेलिभिजन सहयोग गरेको छ । आईतवार आयोजित एक कार्यक्रमका बिच संघका अध्यक्ष चन्द्रप्रकाश बराईली, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, संघका केन्द्रिय सदस्य रामकृष्ण बराईली, संघका पूर्व अध्यक्ष जिवन बहादुर विश्वकर्माले संयुक्त रुपमा प्रहरी नायब... पुरा पढ्नुहोस
मराङमा सार्वजनिक सुनुवाई
- 6 बर्ष, 4 महिना अगाडि
- ५ फाल्गुन २०७५, आईतवार
सन्तोष गौतम मराङ ४ फागुन । विकास निर्माण र सेवा प्रवाहको बारेमा स्थानीयबासीको गुनासो, अपेक्षा, सुझाव संकलन तथा सम्बोधन गर्ने उद्देश्यले म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा शनिबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना, म्याग्दी मिडिया सोसाइटी, संगम र कदम म्याग्दीको व्यवस्थापन तथा सहजिकरणमा सुनुवाई गरिएको हो ।... पुरा पढ्नुहोस