ताजा अपडेट

रघुगंगा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रघुगंगा मावि पिप्लेलाई

बेनी ११ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका– ५ झिँमा सम्पन्न अन्तर मावि छात्रछात्रास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा मावि पिप्लेले जितेको छ । १० वटा स्वर्ण, ५ वटा रजत र ४ वटा कास्य पदक जितेर पहिलो भएको रघुगंगा मावि राखु पिप्लेले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र... पुरा पढ्नुहोस

पत्रकार सन्तोष गौतमलाई के.डी बर्ष पत्रकारिता पुरस्कार प्रदान

सिमलचौर ११ फागुन । म्याग्दीका पत्रकार सन्तोष गौतम शनिबार के.डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानीत भएका छन् । मंगला गाउँपालिका २ सिमलचौरमा रहेको के.डी कटेज प्रा.लीले तेस्रो वार्षिक उत्सवको अवसरमा समाचारको माध्यमबाट कृषि र ग्रामिण पर्यटन क्षेत्रको विकासमा पु¥याएको योगदान वापत गौतमलाई ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान... पुरा पढ्नुहोस

खेलाडीले नै गरे बिदाइ

म्याग्दी, ११ फागनु । आठौं राष्ट्रिय खेलकुदको प्रदेश स्तरीय प्रतियोगितामा जाने म्याग्दीका उसु खेलाडीहरुलाई बिदाई गरीएको छ । जिल्ला उसु संघ म्याग्दीमा आबद्ध खेलाडीहरु मध्ये राष्ट्रिय खेलकुदका लागि छानिएका खेलाडीहरुलाई जिल्लाका उसु खेलाडीहरुले शनिबार बिदाई गरेका हुन् । उसु खेलमा नियमित रुपमा ट्रेनिङमा आउने खेलाडीहरुले प्रदेश स्तरमा जाने खेलाडीहरुलाई बिदाइ... पुरा पढ्नुहोस

दश जोड दुईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत

सन्तोष गौतम बेनी ११ फागुन । सुदिप रावल स्मृति कोषले राष्ट्रिय परिक्षा बोर्डले वि.स २०७४ र २०७५ मा लिएको दश जोड दुई तहको परिक्षामा सहभागी भई उत्कृष्ट अंक ल्याउने म्याग्दीका तीन विद्यार्थीहरुलाई शनिबार पुरस्कृत गरेको छ ।वि.स २०६६ फागुन १ गते बागलुङमा दुर्घटनामा परि दिवंगत भएका सुदिप रावलको स्मृतीमा स्थापना... पुरा पढ्नुहोस

विद्युतीय पुस्तकालय सञ्चालनका लागि ल्यापटप सहयोग

बेनी ११ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरु¬ङ –तातोपानीमा रहेको सर्वोदय माविमा विद्युतीय पुस्तकालय सञ्चालनका लागि एक विदेशी संस्थाले शुक्रबार ल्याप्टप सहयोग गरेको छ । दक्षिण कोरीयाको अम हङ गिल फाउण्डेशनले १७ लाख रुपैयाँ मूल्य बराबरको १९ थान ल्याप्टप कम्प्युटर सहयोग उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धी पुनले... पुरा पढ्नुहोस

दिपक माविको वार्षिकोत्सव

समिर रोका पात्लेखेत ११ फागुन । बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माविको ६० औ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार विबिध कार्यक्रम गरेर मनाइएको छ ।कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयको वार्षिकोत्सवमा नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी लगनशिल, शिक्षक सक्रीय र अभिभावक जिम्मेवार... पुरा पढ्नुहोस

रघुगंगाको झिमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु ( फोटो फिचर)

कमल खत्री झिँ १० फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिँमा शुत्रबारदेखि अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा जिसस प्रमुख केसीले प्रतियोगिताले विद्यार्थीहरुमा रहेको खेलकुद प्रतिभाको... पुरा पढ्नुहोस

मंगला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी महेन्द्ररत्नलाई

सिजन रोका बाबियाचौर ९ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बरंजाको महेन्द्ररत्न माविले जितेको छ । ११ वटा स्वर्ण, ६ वटा रजत र ९ वटा कास्य पदक जितेर पहिलो भएको महेन्द्ररत्नले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित... पुरा पढ्नुहोस

गिद्धेश्वर महायज्ञको पाँचौ दिनसम्म करिब ३६ लाख संकलन

बेनी ९ फागुन । जलजला गाउँपालिका ५ लेकफाँटमा रहेको गिद्धेश्वर शिवालय मन्दिरमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञको पाँचौ दिन बिहीबार सम्म करिब ३६ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । धार्मिक पर्यटकीय सम्भावना बोकेको गिद्धेश्वर शिवालय मन्दिरको संरक्षण र नियमित पुजा सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले फागुन ५ गतेदेखि... पुरा पढ्नुहोस

दरबाङलाई नदी कटानबाट रोक्न नदी नियन्त्रणको काम सुरु, सेनाले गरे श्रमदान (फोटो फिचर)

कमल खत्री बेनी, ९ फागुन । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारलाई म्याग्दी नदीको कटानबाट बचाउन नदी नियन्त्रणको काम सुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत गाउँपालिका र संघिय सरकारबाट विनियोजन भएको रु ३३ लाख रुपैयाँ बजेटबाट बजार संरक्षणको लागि पक्कि (मेसीनरी)पर्खाल निर्माण गर्न सुरु गरिएको हो... पुरा पढ्नुहोस