ताजा अपडेट

फलामेडाँडामा सामुदायिक डाइनिङ हल र बाह्य खोप केन्द्र

पुर्ख पुर्जा लोप्रे २३ असार । जलजला गाउँपालिका–५ स्थित पर्यटकीय स्थल फलामेडाँडामा सामुदायिक डाइनिङ हल र बाह्य खोप केन्द्र स्थापना भएको छ । स्वर्गीय बहुमती पुनको पुण्य स्मृतिमा उहाँका श्रीमान तुलबहादुर पुन र छोराहरु खिम पुन, बिनोद पुन, ओमप्रसाद पुन, भिमप्रसाद पुन र रामप्रसाद पुन तथा छोरीहरु कृष्णकुमारी पुन, डिलमाया... पुरा पढ्नुहोस

कलेजोमा घाउ भएकी ७ बर्षिय किन्जलको उपचारमा कोरियाबाट ३८ हजार आर्थिक सहयोग प्राप्त

  म्याग्दी, २३ असार । कलेजोमा घाउ भएकी म्याग्दीको रघूगंगा गाउँपालिका – ३ राखु मालिकाकी ७ बर्षिय किन्जल परियारको उपचारमा कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा कोरियामा रहेका नेपालीहरुबाट कमल बाछछिटेको संयोजनमा संकलन गरिएको रकम किन्जलको उपचारका लागि हस्तान्तरण गरिएको हो । सो रकम आर्थिक संकलन अभियानकी... पुरा पढ्नुहोस

जलजला गाउँपालिकाको ४३ करोड ३७ लाखको बजेट पारित

सन्तोष गौतम बेनी २२ असार । जलजला गाउँपालिकाको आइतबार लामाखेतमा सम्पन्न छैटौ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ४३ करोड ३७ लाख ७५ हजार रुपैयाँको बजेट पारित भएको छ । गत असार ११ गते गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएपछि उपाध्यक्ष सिमा... पुरा पढ्नुहोस

कृषकहरुलाई निःशुल्क विरुवा वितरण सुरु (फोटो फिचर)

म्याग्दी २३ असार । म्याग्दीका कृषकहरुलाई निःशुल्क विरुवा वितरण थालिएको छ । बेनीमा रहेको भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत अन्र्तगत रहेको समन्वय इकाईले विभिन्न प्रजातिका ४० हजार विरुवा वितरण थालेको हो । कार्यालयले आफ्नै नर्सरीमा उत्पादन गरेका घाँस लगायतका विरुवा कृषकहरुको मागको आधारमा वितरण थालिएको कार्यालयका सहायक भुसंरक्षण अधिकृत... पुरा पढ्नुहोस

सपनाको वेनी नगरपालिका

हरिप्रसाद पौडेल म्याग्दी, २२ असार । आज वेनी नगरपालिका वडा नं. १ को भानु मा.वि रत्नेचौरमा एकैपटक १० वटा खेलहरु सञ्चालनमा रहेका छन् । १० वटै वडा वाट यूवा, महिला, जेष्ठनागरीक, अपांगता भएकाहरु सवै जना सहभागि हुन मिल्ने गरी १० वटा खेलमा सहभागिता रहेको छ । वेनी नगरपालिकाका १० वटै... पुरा पढ्नुहोस

बेनपाको करिब त्रिपन्न करोडको बजेट सार्वजनिक

  म्याग्दी, २२ असार । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि करिब त्रिपन्न करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।नगरउपप्रमुख सञ्जु बरुवालले शनिबार पाँचौ नगरसभामा ५२ करोड ९५ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । आन्तरिक आयतर्फ तीन करोड तीन लाख, वित्तिय समानिकरण अनुदान तेह्... पुरा पढ्नुहोस

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सडक स्तरोन्नति र पदमार्ग निर्माण

  बाबियाचौर २२ असार । मंगला गाउँपालिका–२ बाबियाचौरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सडक स्तरोन्नति गरिएको छ ।कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजनामा खटिएका मजदुरहरु परिचालन गरेर हिदी र रणवाङको सडकमा ढुङ्गा बिछ्याएर सोलीङ गर्ने काम भइरहेको वडा सदस्य चक्रलाल पाण्डेले जानकारी दिए । हिदीमा तीन लाख रुपैयाँको लागतमा ८० देखि ८५... पुरा पढ्नुहोस

बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध सार्न माग

  बेनी २१ असार । प्रभावीत क्षेत्रका अगुवाहरुले बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध स्थानान्तरणको माग गरेका छन् ।विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको प्रस्तावित बाँध स्थल परिवर्तनका लागि म्याग्दी र पर्वतका सरोकारवाला तथा जनप्रतिनिधिहरुले सुझाव दिएका हुन् । विभागले शनिबार जलजला गाउँपालिकाको बगरफाँटमा आयोजना गरेको सार्वजनिक सुनुवाई... पुरा पढ्नुहोस

बेनपाको नीति तथा कार्यक्रममा पुरानोलाई निरन्तरता दिदै पारित

  बेनी २१ असार । म्याग्दीको बेनी नगरपालिकाले अधिकांश विगतका योजनालाई निरन्तरता दिदै शनिबार आगामी आर्थिक वर्ष २०७६,७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पाँचौ नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश विगतका वर्षकै विषयलाई दोहोराइएको छ । केही नयाँ कार्यक्रम समावेश भएपनि समग्रमा विगतकै... पुरा पढ्नुहोस

यौनजन्य दुरव्यवहार न्यूनीकरणका लागि अभिमुखीकरण

  बिम २१ असार । मालिका गाउँपालिका–७ बिममा शुक्रबार यौनजन्य दुरव्यवहार न्युनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत किसानी प्राबिधिक शिक्षालयका विद्यार्थीहरुलाई प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले यौनजन्य दुरव्यवहारका कारण, असर, बच्ने उपाय र कानुनका विषयमा सहजिकरण गरेका थिए । गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको अध्यक्षता, कर्मचारी... पुरा पढ्नुहोस