बेनीमा ट्याक्टरबाट खानेपानी वितरण (तस्बिर र भिडियो सहित)

  • २३ श्रावण २०७६, बिहीबार
  • 1689 पटक पढिएको

म्याग्दी २३ साउन । बेनीमा खानेपानी वितरण हुँदै आएको पाइपलाईनमा पहिरोले क्षति पु¥याएर खानेपनी आपूर्ति अबरुद्ध बनेपछि बेनी नगरपालिका र वडा कार्यालयले बेनीमा ट्याक्टर र दमकलबाट खानेपानी वितरण गरेका छन् ।

वडा कार्यालय र नगरपालिकाको पहलमा बेनीको वडा नम्बर ८ क्षेत्रमा दमकल र वडा नम्बर ७ मा ट्याक्टरमा ड्रम राखेर खानेपानी वितरण गरिएको हो ।

केहि दिनदेखि चमेरेमा पहिरोले खानेपानीको पाईपलाइनमा क्षती पु¥याएपछि बेनीमा खानेपानी वितरण हुन सकेको छैन् । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पहिरोले क्षति पुगेको पाईपलाइन मर्मतको काम भैरहेकाले छिटै खानेपानी सुचारु गर्ने कसरतमा जुटेको जनाएको छ ।

खानेपानीको समस्यालाई केहि रुपमा हल गर्नको लागि दमकल र ट्याक्टरको सहायताले अन्यत्रबाट पानी वितरण गरिएको र पानीलाई पकाएर र शुद्धिकरण गरेर मात्रै उपभोग गर्न उपभोक्ताहरुलाई आग्रह गरिएको बेनपा–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।