ताजा अपडेट
लायन्स क्लवहरुद्धारा १०८ बरपिपल रोपियो
- 5 बर्ष, 7 महिना अगाडि
- ११ श्रावण २०७६, शनिबार
बेनी ११ साउन । बेनी स्थित लायन्स क्लवहरुले संयुक्त रुपमा शनिबार १०८ बरपिपलका बिरुवा रोपेका छन् । बेनी नगरपालिका–६ चुत्रेनीमा १०८ वटा बरपिपलको बिरुवा रोपिएको हो । बेनीमा लायन्स क्लवहरुको सहभागितामा संयुक्त रुपमा बरपिपलका बिरुवा रोपिएको लायन सुबिन श्रेष्ठले जानकारी दिनुभयो । धार्मिक हिसाबले महत्व राख्ने बरपिपलको वातावरणीय फाइन समेत... पुरा पढ्नुहोस
आबास स्मृति अक्षयकोषबाट आर्थिक सहयोग
- 5 बर्ष, 7 महिना अगाडि
- ११ श्रावण २०७६, शनिबार
म्याग्दी ११ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा स्थापना गरिएको आबास स्मृति अक्षयकोषबाट रु ५५ हजार आर्थिक सहयोग प्रदान गरिएको छ । विभिन्न रोगबाट पिडित भएर उपचाररत ५ जनालाई रु १० हजारका दरले उपचार सहायता प्रदान गरिएको छ । भावि शेरपुञ्जा, टेक बहादुर गर्वुजा, दिलमायाँ गर्वुजा, खुसी गर्वुजा र देवी... पुरा पढ्नुहोस
म्याग्दी अनलाईनका सम्पादक खत्रीलाई शिक्षा पत्रकारिता पुरस्कार
- 5 बर्ष, 7 महिना अगाडि
- १० श्रावण २०७६, शुक्रबार
म्याग्दी १० साउन । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने शिक्षा पत्रकारिता पुरस्कारबाट म्याग्दीका क्रियाशिल पत्रकार कमल खत्री पुरस्कृत हुने भएका छन् । महासंघ र केन्द्रले प्रदान गर्ने विभिन्न ३५ वटा पुरस्कार मध्ये ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५’बाट म्याग्दी अनलाईन डटकम र... पुरा पढ्नुहोस
उद्योगी ब्यवसायीको म्याग्दीमा नयाँ संस्था : चेम्वरको अध्यक्षमा रकाल
- 5 बर्ष, 7 महिना अगाडि
- १० श्रावण २०७६, शुक्रबार
म्याग्दी, १० साउन । म्याग्दीमा उद्योगी ब्यवासायीको नयाँ संस्था जन्मीएको छ । देश ब्यापीरुपमा संजाल रहेको नेपाल चेम्वर अफ कमर्सले म्याग्दीमा विधिवत रुपमा शाखा विस्तार गरेको हो । बेनीमा भएको ब्यवसायीहरुको भेलाले भरत रकालको अध्यक्षता नेपाल चेम्वर अफ कर्मशको तदर्थ समिति गठन गरेका छन् । विक्रम संवत २००७ सालमा स्थापना... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको विपद् प्रतिकार्य योजना
- 5 बर्ष, 7 महिना अगाडि
- १० श्रावण २०७६, शुक्रबार
बेनी १० साउन । म्याग्दीको बेनी नगरपालिकाले विपद् व्यवस्थापनको पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गर्न लागेको छ । योजना निर्माणका लागि शुक्रबार नगर स्तरीय विपद् व्यवस्थापन समितिको आयोजनामा अन्तरक्रिया गोष्ठि सम्पन्न भएको छ । कार्यक्रममा सरोकारवालाहरुबीच जोखिमको पहिचान, क्षति न्युनीकरण, विपद् व्यवस्थापनको तयारी, राहत तथा उद्दारको विषयमा छलफल... पुरा पढ्नुहोस
पर्यटकीय स्थल झाँक्रीपानीमा भ्यू टावर निर्माण (फोटो फिचर)
- 5 बर्ष, 7 महिना अगाडि
- १० श्रावण २०७६, शुक्रबार
कमल खत्री /जगत बानियाँ म्याग्दी १० साउन । म्याग्दीको मंगला गाउँपालिका – ३ मा अवस्थित पर्यटकीय स्थल झाँक्रीपानीमा दुष्य अवलोकन स्थल (भ्यूटावर) निर्माण भएको छ । गाउँपालिकाको रु ११ लाख, प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापाको सिफासिरमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत रु १० लाख र स्थानीयको ६ लाख... पुरा पढ्नुहोस
दिच्यामका युवाहरु ब्यवसायिक किवि खेतीमा आकर्षित
- 5 बर्ष, 7 महिना अगाडि
- १० श्रावण २०७६, शुक्रबार
म्याग्दी, १० असार । पछिल्लो समय म्याग्दीका युवाहरु ब्यवसायिक उत्पादनमूलक खेतीमा आकर्षित बन्दै गएका छन् । भुगोलअनुसार स्थानीय स्रोत साधनहरु परिचालन गर्दै मालिका गाउँपालिका– ६ दिच्यामका युवाहरु ब्यवसायिक कृषि र फलफूल खेतीमा आकर्षित भएका हुन् । बजारमा किविको माग बढेपछि मालिका गाउँपालिका – ६ दिच्यामका दिपक रोकाले ७० ओटा किविका... पुरा पढ्नुहोस
बेनी बजार भित्र्ने बैकल्पिक सडक सञ्चालन
- 5 बर्ष, 7 महिना अगाडि
- १० श्रावण २०७६, शुक्रबार
बेनी १० साउन । म्याग्दीको सदरमुकाम बेनी बजारमा बढ्दो सवारी जामको समस्या हटाउनका लागि बैकल्पिक सडक सञ्चालन गरिएको छ । बेनी नगरपालिकाले वडा न. ८ कालीपुल देखि विद्युत प्राधिकरणको कार्यालय भएको घर हुदै गणेशटोल जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याएको हो । यो सडकबाट शिक्षामार्ग, क्याम्पसचोक, अस्पतालचोक र पिपलचोक क्षेत्रमा हुने... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडकमा चारदिनपछि सिधा सवारी सुचारु
- 5 बर्ष, 7 महिना अगाडि
- ९ श्रावण २०७६, बिहीबार
बेनी ७ साउन । हिमाल पारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने एकमात्रै सडक बेनी–जोमसोम सडकखण्डमा चारदिनपछि सिधा सवारी सुचार भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकमा गत सोमबारदेखि सिधा सवारी अबरुद्ध बनेको थियो । सडक माथिबाट खसेको पहिरोले सडकमा पूर्ण क्षति पु¥याएपछि भिरमा विष्फोटक... पुरा पढ्नुहोस
म्याग्दीमा सुत्केरी महिलालाई सुआहाराले बाडेको अण्डा कुहिएको भेटिएपछि …………
- 5 बर्ष, 7 महिना अगाडि
- ९ श्रावण २०७६, बिहीबार
साधन रामजाली साउन ९ गते । मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई बाडेको अण्डा कुुहिएको पाइएको छ । जिवनको महत्वपूर्णक्षण कार्यक्रम अन्तर्गत गर्भवति र सुत्केरी महिलालाई सुआहाराले दुइसय रुपियाँ बराबरका अण्डा वितरण गरेको हो । वितरण गरेका अण्डा सडँेका र खान योग्य नभएको पाइएको हो । सुआहाराका... पुरा पढ्नुहोस