मंगलामा फागुन १ देखि दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने
- २४ माघ २०७६, शुक्रबार
- 2593 पटक पढिएको
म्याग्दी २३ माघ । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा फागुन १ गतेदेखि मंगला गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । मंगला गाउँपालिकाको मुल आयोजनामा फागुन १ देखि ३ गतेसम्म प्रतियागिता सञ्चालन गर्न लागिएको हो ।
प्रतियोगितामा गाउँपालिकाभित्र रहेका मावि तहसम्म पठनपाठन हुने विद्यालयहरुले सहभागीता जनाउनेछन् । प्रतियोगितामा सहभागी जनाउन इच्छुक आधारभुत तहका विद्यालयहरुलाई समेत समावेश गराउने गाउँपालिकाले जनाएको छ । मंगला मावि र मालिका जनहित बोडिङ स्कुलमा सञ्चालन हुने प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्सतर्फ विभिन्न इभेन्टमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितालाई सफल बनाउने गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाको संयोजकत्मा मुल समिति र सिजन रोकाकाको संयोजकत्वमा कार्यसम्पादन उपसमिति गठन गरिएको छ ।