दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भिम माविले जित्यो

  • २५ माघ २०७६, शनिबार
  • 2282 पटक पढिएको

म्याग्दी, २५ माघ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्गमा सम्पन्न अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी भिम माविले जितेको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमासम्पन्न प्रतियोगितामा गत बर्षको प्रथम राष्ट्रपति कप विजेत भिम माविले १३ स्वर्ण ,४ रजत र ४ कास्य हात पार्दै उपाधी जितेको हो ।


यसैगरी ७ स्वर्ण ,१० रजत र ५ कास्य जितेको किसानी मावि विम द्धितिय भएको छ । भने ३ स्वर्ण ,५ रजत र ७ कास्य जितेको जनप्रिय मावि तृतिय भएको गाउँपालिकाका शिक्षा संयोजक तेजप्रसाद लामिछानेले जानकारी दिए ।प्रतियोगितामा विजेता भिम माविले रनिङ्ग शिल्ड ,५५ हजार, उपविजेता किसानी माविले ४० हजार रुपैयाँ, तृतिय जनप्रिय माविले २५ हजार रुपैयाँ सहित ट्रफि ,मेडल र प्रमाणपत्रले विजेता विद्यालयलाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले पुरस्कार वितरण गरेका थिए ।

११ विद्यालय सहभागि भएको सो प्रतियोगितामा दरबाङ्ग इङलिस बोर्डिङ्ग स्कुलले ३ स्वर्ण ,२ रजत र १ कास्य ,केबी एकेडेमी बोर्डिङ्ग स्कुलले २ स्वर्ण २ रजत र ४ कास्य ,ओखरबोट माविले ३ रजत ,सिद्धार्थ माविले १ स्वर्ण र २ कास्य ,अमरज्योती माविले १ स्वर्ण र २ कास्य ,निस्कोट माविले १ कास्य ,राष्ट्रिय माविले २ रजत २ कास्य तथा गौबमबस्त माविले ३ रजत २ कास्य जित्न सफल भएका छन् ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रोका मगरले विजेता तथा उपविजेता विद्यालयलाई बधाई दिदै विद्यार्थीमा लुकेर रहेको क्षमता उजागर तथा खेलकुद प्रतियोगिताले सहयोग गरेको बताए ।