बेनीमा लायन्स क्लवको तेस्रो क्याबिनेट बैठक सम्पन्न
- २५ माघ २०७६, शनिबार
- 1825 पटक पढिएको
म्याग्दी, २५ माघ । लायन्स क्लव ३२५ बि वान डिस्ट्रिक्टको तेस्रो क्यावीनेट बैठक शनिबार बेनीमा सम्पन्न भएको छ । वैठकमा डिस्ट्रक्ट गर्भनर इन्दु लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले गरेकी थिईन् ।
मन्त्री पुनले नमुना, आदर्श र विशेष विद्यालय सञ्चालनका लागि म्याग्दीको हेम मावि शिवाङ र शिख मावि सहित प्रदेशमा छ वटा नमुना माध्यमिक विद्यालय छनोट भएको बताईन । विद्यालय देखि टाढा घर भएका, अनाथ र विपन्न विद्यार्थीको शिक्षामा पहुँच बढाउन नमुना विद्यालय सञ्चालन गरिने बताईन । बैठकमा सूचनाको अधिकार स्थापित र पत्रकारिताको माध्यमबाट महिला शसक्तिकरणमा योगदान गरेवापत राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त यसोदा तिमिल्सीनालाई लायन्स नारी अवार्डबाट सम्मान गरिएको थियो । आयुक्त तिमिल्सीनाले नागरिक सचेत भएर सूचनाको हकको प्रयोग गर्ने हो भने राज्य संयन्त्रमा अहिले देखिएका असी प्रतिशत विकृति हट्ने बताईन ।
हरेक मानिसले सार्वजनिक सरोकारका विषयमा सूचनाको हक प्रयोग गरेर आवाज उठाउने हो भने विभेद, अनियमितता, गुणस्तरहिनता र भ्रष्ट्राचार न्युनीकरण तथा शुसासन कायममा सहयोग पुग्ने बताईन । समाजमा पुरुषको सहयोग र सर्मथन बिना महिला शसक्तिकरण तथा समानुपातिक सहभागिता सफल नहुने बिचार व्यक्त गर्दै महिलाहरु आफ्नो अधिकारप्रति अपडेट र अध्ययनशिल बन्नुपर्नेमा जोड दिईन् ।
बैठकको अवसरमा लायन्स क्लवले सञ्चालन गरेको पढाऔ अभियान अन्तरगत स्थापना भएको अक्षयकोषबाट म्याग्दीका चार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । शुक्रबारदेखि सुरु भएको बैठकमा ४०० वटा लयान्स क्लवका एक हजार तीन सय जना प्रतिनिधिहरुको सहभागिता थियो । बेनीबजारमा बाजागाजा, विभिन्न जातजातिका भेषभूषा र झाँकीले लायन्स सदहस्यहरुलाई स्वागत गर्दै फभातफेरी गरिएको थियो । म्याग्दीमा उत्पादन हुने कृषि तथा पशुजन्य बस्तु, अल्लोका कपडा, नेपाली कागज र घरेलु उद्योगका उत्पादनको प्रर्दशनी समेत गरिएको थियो ।
लायन्स क्लव अन्तराष्ट्रिय ३२५ बि वानका डिस्ट्रक्ट गर्भनर लम्सालको अध्यक्षता, सेक्रेटरी बिनोद ढुङ्गानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायतले मन्तब्य व्यक्त गरेका थिए । बैठकको पूर्वसन्ध्यामा गलेश्वर मावि तोरीपानीमा क्लवको एक करोढ ९३ लाख रुपैयाँको लागतमा निर्माण भएको आठ कोठे भवन विद्यालयलाई हस्तान्तरण रे बेनी अस्पताललाई शुक्रबार अठार लाख रुपैयाँ मूल्य बराबरको शिशूको उपचारमा प्रयोग हुने उपकरण सहयोग गरेको थियो ।