ताजा अपडेट

त्रिविले स्ववियु निर्वाचन तालिका प्रस्ताव गर्यो

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले  आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव  गरेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँगको वैठकमा सो प्रस्ताव राखेको हो  । आजको बैठकमा सहभागी अनेरास्ववियू , समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं), नेक्राबिसंघ लगायतका संगठनले प्रस्तावित स्वबियु निर्वाचन... पुरा पढ्नुहोस

१४ करोड २० लाख राजश्व संकलन

म्याग्दी, १४ माघ । म्याग्दीमा साउन देखि पुष मसान्तसम्म १४ करोड २० लाख ९८ हजार ६०२ रुपैयाँ राजश्व संकलन भएको छ । कोष तथा नियन्त्रक कार्यालय म्याग्दीको अनुसार संघतर्फबाट १२ करोड ४ लाख ४५ हजार ९४५ रुपैया राजश्व संकलन छ, भने प्रदेशतर्फ २ करोड १६ लाख राजश्व संकलन भएको कोलेनिका... पुरा पढ्नुहोस

सभामुख सापकोटा नेकपाबाट अलग

काठमाडौं । सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गरेका छन् । उनले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गरेका हुन् । ‘नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको व्यहोरा अनुरोध... पुरा पढ्नुहोस

०७७ फागुनमा महाधिवेशन गर्ने निर्णय कांग्रेस बैठकबाट अनुमोदन

सोमबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णयलाई अनुमोदन गरेको छ।  प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार गत पुस ११ गते भएकै निर्णयलाई आज सर्वसम्मत निर्णय गरिएको हो। ‘पुस ११ कै निर्णयअनुसार केन्द्रीय महाधिवेशन ०७७ फागुनमा गर्ने, क्रियाशील सदस्यतालगायतमा सहमतिअनुसार नै... पुरा पढ्नुहोस

सडक आयोजनामा भएको ढिलासुस्तिप्रति सांसद केसीको ध्यानाकर्षण

  म्याग्दी, १३ माघ । गण्डकी प्रदेशका सांसद बिनोद केसीले बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणमा भएको ढिलासुस्ति प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गण्डकी प्रदेश सभाको सोमबार बसेको बैठकमा बिशेष समय लिएर सांसद केसीले बेनी–गलेश्वर सडकमा भएको ढिलासुस्तिको बारेमा प्रदेश र बेनी–जोमसोम सडकका ढिलासुस्ति प्रति संघ सरकारको ध्यानाकर्षण गराउनुभयो । बेनी–जोमसोम–कोरला सडक... पुरा पढ्नुहोस

हिउँ छिचोल्दै मालिका धुरीको रमाईलो यात्रा ( फोटोकथा) भिडियो

  धिरन खत्री म्याग्दी, १२ माघ । बेनीबाट नजिकको दुरीमा हिउँ खेल्न चाहनेहरुको लागि मालिका धुरी सम्भावनायुक्त क्षेत्रको रुपमा देखिएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि मालिका गाउँपालिका–७ विमको दोवाटोमा ४ घण्टाको सवारी यात्रामार्फत पुगेपछि पदयात्रामार्फत मालिका धुरी पुग्न सकिन्छ ।समुन्द्रि सतहदेखि ३१सय  मिटर उचाईमा अवस्थित मालिका धुरी क्षेत्रमा यतिवेला हिउँ... पुरा पढ्नुहोस

मिर्गौला पीडित ठाकुर परियारलाई कतारमा संकलीत रु ५० हजार सहयोग हस्तान्तरण

म्याग्दी १२ माघ । विगत ३ बर्षदेखि मिर्गाैलामा समस्या देखिएपछि उपचार गराईरहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका २६ बर्षिय ठाकुर परियारलाई रु ५० हजार सहयोग प्राप्त भएको छ । आर्थिक अभावले उपचार गराउन नसकेका परियारको लागि कतारमा रहेका भगवतीका युवाहरु, मोना कतारका कार्य समितिका पदाधिकारीहरु र अल जवर जेटिसीमा... पुरा पढ्नुहोस

मानबमुत्रको प्रयोगले अर्मनमा सुन्तलाको उत्पादन बढ्यो

अमित बिश्वकर्मा म्याग्दी १२ माघ । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनमा मानबमुत्रको प्रयोगले सुन्तला उत्पादनमा बृद्धी भएको छ । मंगला ५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कमा गरि यस बर्ष करिब ३० लाखको सुन्तला बिक्रि गरिएको हो । पोखरा बाट गाउँमै आएका ब्यबसायीले बिभिन्न समयमा गरि उक्त सुन्तला खरिद गरेका... पुरा पढ्नुहोस

अपाङ्गग मैत्री पुर्वाधार निर्माण गर्न जनप्रतिनिधिलाई आग्रह

म्याग्दी, १२ माघ । अपाङ्गता भएका ब्यक्तिहरुले अपाङ्ग मैत्री पुर्वाधार निर्माण गर्न बेनी नगरपालिकाका जनप्रनिधिलाई आग्रह गरेका थिए । अपाङ्ग संघ म्याग्दी, बौद्धिक अपाङ्गता अभिभावक संघ, म्याग्दी नेत्रविहिन संघ र म्याग्दी बहिरा संघको आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा भएको अनुक्षिण कार्यक्रममा सरकारी कार्यालय, विद्यालय लगायतका पुर्वाधारहरु अपाङ्ग मैत्री बनाउन... पुरा पढ्नुहोस

मुस्ताङको मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की प्रतियोगिता हुने

मुस्ताङ १२ माघ । हिमाल पारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप–२०२० यही माघ १८ गतेदेखि हुने भएको छ । नेपाल स्की सङ्घद्वारा आयोजना गरिने प्रतियोगिताको फाइनल खेल माघ २० गते हुने सङ्घका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बताए । स्की प्रतियोगिताले नेपाललाई विश्वमा चिनाउन सकिने,... पुरा पढ्नुहोस