तीन महिने अभियान अन्र्तगत संगठन सुदृढीकरणमा जुट्यो नेकपा रघुगंगा (तस्बिर सहित)

  • ३ चैत्र २०७६, सोमबार
  • 1634 पटक पढिएको

म्याग्दी ३ चैत । नेपाल कम्युनिष्ट पार्टी एकता सुदृढीकरण र जनसम्वन्ध विस्तार अभियान अन्र्तगत नेकपा रघुगंगाले अभियानलाई तिब्रता दिएको छ । केन्द्रिय समितिको निर्णय, प्रदेश कमिटीको निर्देशन र जिल्ला कमिटीको निर्णय बमोजिम स्थानीय तहमा पार्टी सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानलाई रघुगंगा पार्टी कमितिले तिब्रता दिएको हो ।

फागुन २४ गते बसेको नेकपा रघुगंगा गाउँ कमिटिको बैठकको कार्ययोजना अनुसार अभियानलाई वडा र गाउँ बस्ती स्तरमा केन्द्रित गरिएको गाउँ कमिटिका सचिब हरि भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, अभियान अन्र्तगत वडा नम्बर १ बेगखोला, ५ झिँ, ६ पाखापानीमा सम्पन्न गरिसकिएको छ । ती वडाहरुमा पार्टीको सम्पर्क कार्यालय समेत स्थापना गरिएको नेकपाले जनाएको छ ।

 

कार्यकर्तासंग छलफल, जनस्तरका समस्याको पहिचान, विकास निर्माण योजनाहरुको अबस्थाबारे स्थलगत अध्ययन संगै पार्टी सदस्यता नविकरण र वितरणको कार्यलाई संगैसंगै अघि बढाईएको नेकपा रघुगंगाका अध्यक्ष दिपक कार्कीले बताउनुभयो । अभियानमा नेकपा रघुगंगाका कमिटी, सचिबालय, वडा कमिटीसंगै नेकपाका गण्डकी प्रदेश सदस्य एवम् गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीको समेत सहभागीता रहेको थियो ।

अभियानका क्रममा टोलीले स्थानीयका समस्याबारे गुनासा सुन्ने, विकासको अबस्थाबारे बुझ्ने काम समेत गरेको जनाएको छ ।