ताजा अपडेट

बामदेवलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

काठमाण्डौ १८ भदौ । नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभामा लैजाने निर्णय भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभामा लैजाने निर्णय भएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने... पुरा पढ्नुहोस

बागलुङमा भिषण बाढी : ४ को मृत्यु, दर्जन बढी मानिस बेपत्ता

म्याग्दी, १८ भदौ । बागलुङमा भिषण बाढीले ठुलो जनधनको क्षति पु¥याएको छ । भारी वर्षा सँगै जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गए राति आएको बाढीका कारण ४ जनाको मृतु भएको छ भने १३ जना भन्दा बढी बेपत्ता भएको प्रारम्भिक रिपोट प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ४ जनाको... पुरा पढ्नुहोस

अन्नपूर्णमा गाउँपालिकाकै नजिक ‘भिरकाटे महभिरमा कालिगण्डकीको अबैध’ दोहन

म्याग्दी १७ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित भिरकाटे महभिर खण्डको कालिगण्डकी नदीमा बालुवाको अबैध दोहन भएको छ । गाउँपालिकाको केन्द्र नजीकैको क्षेत्रमा लुकिछिपी मेसिन लगाएर बालुवा झिक्ने काम भएको हो । गाउँपालिकाले वालुवा उत्खनन्को लागि इआइए गरि ठेक्का लगाउने तयारी गरिरहेको अबस्थामा अबैध रुपमा ठुलो परिमाणमा बालुका उत्खनन भएको... पुरा पढ्नुहोस

कर्तव्य ज्यान मुद्दामा फरार रहेका ५ जना व्यक्तिहरु ११ बर्षपछि पक्राउ

म्याग्दी, १७ भदौ । कर्तव्य ज्यान मुद्दामा फरार रहेको ५ जना ब्यक्तिहरुलाई ११ बर्षपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रक्राउ गरेको छ। २०६६ साल ११ महिना ११ गते म्याग्दीको ओखरबोटस्थित चिउरीबोटमा महाशिव रात्रीको अवसरमा आयोजित भलिबल खेलमा पराजित भएपछि बागलुङ तमाङका २१ बर्षिय नारायण छन्त्याल हत्या गर्ने उनीहरुलाई प्रक्राउ गरेको हो ।... पुरा पढ्नुहोस

शहरको कोरोना त्रासले नछोएको भेडीगोठको दैनिकी (फिचर)

कमल खत्री म्याग्दी १७ भदौ । अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइको छ । गोठबाट धवलागिरि हिमाल आँखै अगाडी उभ्यिए जस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे छ । बिगत दुई बर्षदेखि भेडापालनमा होमिएका हिमबहादुर छन्त्याल (देवान) यसै गोठलाई सम्हालेर बसेका छन् । यो दृष्य धवलागिरि आधार... पुरा पढ्नुहोस

करेन्ट लागेर महिलाको मृत्यु

म्याग्दी, १७ भदौ । बेनी नगरपालिका–९ काउलेगौडामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। घर नजिकै फूल टिप्ने क्रममा घाइते भएकी २६ वर्षीया शिव चोखाललाई उपचारका लागि बेनी अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायव उपरीक्षक किरनजंग कुँवरका अनुसार विद्युत लिक भएर फूल टिप्ने... पुरा पढ्नुहोस

कोरोना नियन्त्रणमा रघुगंगा गाउँपालिकाको करिब ७५ लाख खर्च (विवरण सहित)

म्याग्दी १७ भदौ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले चार महिनाको अवधिमा करिब ७५ लाख खर्चिएको छ । गाउँपालिकाले गत चैतदेखि असार मसान्तसम्म कोरोना कोषमा रु १ करोड १० लाख ६६ हजार २५ जम्मा भएको मध्ये कोरोना गतिविधिमा ७४ लाख ६९ हजार १०२ रुपैयाँ खर्च... पुरा पढ्नुहोस

उत्तरी म्याग्दीका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्यूर्योकले साढे २ लाखभन्दा बढी सहयोग

म्याग्दी १७ भदौ । उत्तरी म्याग्दीका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्यूर्योक अमेरिकाले २ लाख ५० हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा आयोजित कार्यक्रममा बाढी पहिरोका कारण दानाको फगाम, काभ्रे, नारच्याङ लगायत गाउँपालिका भित्रका १९ घरधुरीलाई २ लाख २५ हजार, बाढीमा बेपत्ता र मृतक दुईजना लाई... पुरा पढ्नुहोस

कोरना महामारीको समयमा चाडपर्व मनाउँदा भिडभाड नगर्न प्रशासनको अनुरोध

  म्याग्दी, १६ भदौ । विश्वब्यापी रुपमा फैलिएको कोरना भाईरसको सक्रमण दैनिक रुपमा नेपालमा बढेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले चाडपर्व मनाउने क्रममा भिडभाड नगर्न जिल्लाबासीलाई आग्रह गरेकाे छ । कार्यालयले एक विज्ञप्ती निकाल्दै परम्परागत धर्म सस्कृतिअनुसार भिडभाड गरे चाडपर्व मनाउदाँ कोरना संक्रमण फैलन सक्ने सम्भावनालाई रोक्न जिल्लाबासी सचेत हुन प्रशासनले... पुरा पढ्नुहोस

प्रदेश सरकारबाट जिल्ला प्रशासन कार्यालयलाई प्राप्त २० लाख कहाँ–कहाँ भयो खर्च ? (भिडियाे सहित)

म्याग्दी १५ भदौ । कोरोना रोकथाम र नियन्त्रणको लागि सुरक्षा निकायहरु मार्फच खर्च गर्ने गरि गण्डकी प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको रु २० लाख बजेटको खर्च विवरण सार्वजनिक भएको छ । गण्डकी प्रदेश सरकार मार्फत दुई किस्तामा गरि प्राप्त भएको रु २० लाख बजेटमध्ये १९ लाख ४७ हजार... पुरा पढ्नुहोस