जबरजस्ती करणी गरी फरार परियार १० महिनापछि पक्राउ

  • १८ कार्तिक २०७७, मंगलवार
  • 1263 पटक पढिएको

म्याग्दी, १८ कात्तिक । जवरजस्ती करणी गरी फरार रहेका बेनी नगरपालिका– ५ भिरमुनीका २२ बर्षिय अशोक परियार १० महिनापछि प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले गतबर्ष पुष १२ गते ११ बर्षीय बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका परियारलाई प्रकाउ गरेको हो ।


गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार नियन्त्रण लिएको प्रहरी निरिक्षक धुव्र शर्माले जानकारी दिनुभयो । परियारलाई करणी सम्बन्धी कसुर (जबरजस्ती करणी) शिर्षकमा मुद्दा दर्ता भई म्याग्दी जिल्ला अदालतबाट पक्राउ अनुमति रहेको थियो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८, दफा २१९ को उपदफा ३(ख) बमोजिम १० बर्ष वा १० बर्ष भन्दा बढी १४ बर्ष भन्दा कम उमेरकी बालिकालाई करणी गरेमा १८ बर्ष देखि २० बर्ष सम्म कैद सजाय तोकिएको छ । १८ बर्ष भन्दा कम उमेरकी बालिकालाई निजको सहमतीमा करणी गरेको भएमा पनि उजुरीप्रश्चात जबरजस्ती करणी ठहरिने कानूनी व्यवस्था छ ।