ताजा अपडेट

शून्य दरबन्दीका मावि तहका विद्यालयमा गाउँपालिकाद्धारा शिक्षक व्यवस्थापन

म्याग्दी २३ असोज । म्याग्दीको रघुगंगा गाउँपालिकाले शून्य दरबन्दीमा मावि तह सञ्चालन गरेका विद्यालयलाई शिक्षक ब्यवस्थापन गर्न लागेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार योजना अन्तर्गत कार्यपालिका बैठकको निर्णय अनुसार पहिलो चरणमा शून्य दरबन्दिमा मावि तह सञ्चालन भएका विद्यालयमा गाउँपालिकाले करारमा बिषगत शिक्षक नियुक्त गर्ने प्रकृया अघि बढाएको हो... पुरा पढ्नुहोस

तोरीपानीको फाँटमा व्याबसायिक तरकारी खेती, मेहनतले फस्टाएको पौरख (फोटो फिचर)

म्याग्दी २२ असोज । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीको समथर फाँटबाट देखिने धौलागिरि, अन्नपूर्ण र नीलगिरि हिमालको मनमोहक दृष्यले लोभ्याउछ । अझ यहाँका पौरखी कृषकहरुले गरेको तरकारी खेती झनै रहरलाग्दो छ । टिमुर गाउँको रुपमा चिनिने तोरीपानीमा व्यावसायिक तरकारी खेतीको लहर पनि छ । परम्परागत तरकारी खेतीलाई व्यावसायिक बनाउनुभएका कृषक भद्रबहादुर... पुरा पढ्नुहोस

म्याग्दी कांग्रेसद्धारा दग्नामका पहिरो पीडितलाई राहत वितरण

म्याग्दी, २२ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका पहिरो पीडितलाई नेपाली कांग्रेस म्याग्दीले नगद रातह वितरण गरेको छ । दग्नामका बाढी पहिरो पिडित २४ घरपरिवारलाई नेपाली कांग्रेस म्याग्दीका सभापती खम बहादुर गर्बुजा खम्बीरको पहलमा पहिरो पिडितलाई चार भागमा विभाजन गरेर राहत वितरण गरिएको दग्नामका धनिलाल गर्बुजाले जानकारी दिनुभयो । उहाँका... पुरा पढ्नुहोस

काठमाण्डौमा ह्वात्तै बढे कोरोना संक्रमित

काठमाण्डाै २२ असोज । देशभर कोरोना संक्तमितको कुल संख्या ९८,६१७ पुगेको छ। आज देशभर थपिएका ४३६४ संक्रमित मध्ये २ हजार ५४० जना काठमाडौं उपत्यकाका मात्रै रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १०... पुरा पढ्नुहोस

मिर्गौला पीडित खातुनको उपचारमा करिब रु ७५ हजार सहयोग

म्याग्दी २१ असोज । पर्वत बेनीमा बस्दै बस्दै आउनुभएकी  मिर्गौला पीडित जमिला खातुनको उपचारमा करिब रु ७५ हजार सहयोग जुटेको छ । लायन्स क्लब अफ बेनी सिटी र मुस्लिम समाज म्याग्दीले रु ७४ हजार ७ सय ८५ आर्थिक सहयोग गरेका हुन् । क्लबको तर्फबाट रु ५४ हजार ७८५ र समाजको... पुरा पढ्नुहोस

पाखापानी विद्रोहमा ज्यान गुमाएका गुमनाम शहिद : को थिए तुले रोहानी ? किन मारिए उनी ?

ध्रुर्बसागर शर्मा  म्याग्दी २० असाेज । नेपालका प्रथम शहिद भनेर लखन थापालाई चिनिन्छ ।  विसं १९३३ साल फागुन २ गते जंगबहादुर राणाको देविदत्त पल्टनका सैनिकहरुले गोरखा बुंकोटको किल्ला परिसरभित्र खिर्राको बोटमा झुण्ड्याएर लखन थापालाई मृत्यु दण्ड दिइएको कुरा उल्लेख गर्दै लखन थापालाई इतिहासमा समेत  नेपालकै पहिलो शहिद भनिएको छ ।... पुरा पढ्नुहोस

धवलागिरी र मालिकाका पहिरो पिडितलाई प्रदेश सरकारकाे राहत

दरवाङ, २० असोज । म्याग्दीको धवलागिरी र मालिका गाँउपालिकाका पहिरो पिडितलाई मंगलबार गण्डकी प्रदेश सरकारले राहत बितरण गरेको छ । गत असार २५ र २६ गतेको पहिरोमा परि ज्यान गुमाएकाको आफन्तहरुलाई दश लाख रुपैया ँबितरण गरिएको हो । १३ परिवारका २० जना मृतकका हकदारलाई जनही पचास हजार रुपैयाँका दरले नगद... पुरा पढ्नुहोस

म्याग्दीमा नेपाली सेनाका दुई जनामा कोरोना संक्रमण

म्याग्दी २० असोज । म्याग्दीमा नेपाली सेनाका दुई जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–६ अर्थुङे मा अवस्थित श्रीबक्स गुल्मको क्वारेन्टाइनमा बसेका दुई जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाण्डौ र पर्साबाट सरुवा भएर गुल्मकै क्वारेनटाइनमा बसेका दुइ जनामा कोरोना पुष्टी भएपछि खुल्लामञ्चको आइसोलेसन कक्षमा... पुरा पढ्नुहोस

प्रदेश ५ को राजधानी ‘देउखुरीु र नाम ‘लुम्बिनी’

असोज २० बुटवल । अन्तत प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको टुंगो लागेको छ। मंगलबार बसेको प्रदेशसभा बैठकले मतदान प्रक्रियामार्फत् दुइ तिहाइ मतबाट नाम र राजधानी टुंगो लगाएको हो। प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेश राजधानी दाङको देउखुरीक्षेत्रको भालुवाङ बजार र नाम ‘लुम्बिनी’ बहुमतले पारित भएको छ। प्रदेशको राजधानी... पुरा पढ्नुहोस

पर्यटकलाई लोभ्याउने खोपारा (खोप्रा) लेक (फोटोफिचर )

धिरन खत्री म्याग्दी, २० असोज । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ५ स्थित पर्यटकियस्थल खोपारा(खोप्रा) लेक ३ हजार ६६० मिटर उचाईमा रहेको छ । शान्त वातावरण, हिमाल, हिमालबाट निरन्तर बगिरहने दुधे झरना, र शितल हावा जस्ता जैविक विविधताले खोपारा लेक सजिएको छ । प्राकृतिक सुन्दरताले समेटिएर बनेको खोपारा डाडाँबाट सुर्योदय संगै मोहित... पुरा पढ्नुहोस