बजारमा कौसी खेती,गाउँगाउँमा आग्र्यानिक पद्यति

  • ७ जेष्ठ २०७८, शुक्रबार
  • 1594 पटक पढिएको

धु्रबसागर शर्मा
म्याग्दी ७ जेठ । महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण जिल्लामा भएको निषेधाज्ञाले म्याग्दीका कृषकहरुलाई नयाँ पाठ सिकाएको छ । बजारमा बसोबास गर्दै आएका मानिसहरु पनि घरको छत र सानो करेसाबारीमा तरकारी फलाउने कर्ममा समय विताउँदै छन् भने ग्रामिण क्षेत्रका कृषकहरुले आग्र्यानिक कृषिको महत्व बुझ्ने अवसर पाएका छन् । कोरोना सङ्क्रमितको संख्या र मृत्युहुने क्रम बढेको खबरले सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल भरिएका छन् । निषेधाज्ञा कति लम्बिने हो पत्तो छैन । यतिबेला कृषि कर्मबाहेकका अरु सबै व्यवसाय ठप्प बनेको अवस्था छ ।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको जलाधार क्षेत्रको मुटुमा जिल्लाको सदरमुकाम बेनीबजार छ । यस्तो जल र मलले युक्त रसीलो माटो भएको क्षेत्रमा अन्न होइन कंक्रिणका घर फलेका छन् । र, तिनै घरको छतमा बोरा,टिन, प्लाष्टिक र यस्तै अन्य माध्यमको प्रयोग गरी त्यसमा माटो भरेर तरकारी फलाइएको छ ।
बेनी बजारका हरेक छत र कौसीमा तरकारीलगायत घरका लागि उपयोगमा आउने हरेक प्रकारका तरकारी फलाउन घरमै थुनिएका बेनीवासी व्यस्त छन् । अन्य काममा जान नपाएपछि करेसाबारीसँगै घर छेउछाउका बाँझा जग्गा खनेर तरकारी रोप्ने उनीहरुको दिनचर्या बनेको छ ।

 


कौसी हराभार हुने, आफ्नो घरबारीमा हरियाली देख्न पाइने र आफ्नै बारीको तरकारी टिपेर खान पाइने भएका कारण करेसाबारी र कौसीखेतीमा बजारवासीको आकर्षण बढेको हो । बेनीको हुलाकचोककी साधना कुमारी श्रेष्ठले आफ्नो घरको छतमा लटरम्मै तरकारी फलाउनुभएको छ । यतिबेला साग, मुला, धनियाँ, खुर्सानीलगायतका तरकारी लगाएको उनले बताइन् । त्यसैगरी विरेन्द्रचोककी सिर्जना भट्टचनले छतकोे उत्पादनले आफूलाई खुशी मिलेको बताउछिन् । शहरी क्षेत्रमा बालबच्चालाई फल फलेको देखाउनु पनि ठूलो कुरा हुन थालेको उनले बताइन् । ‘घरमै तरकारी फलाउँदा आर्थिक बचत भएको छ । कौसीमा नै काम गर्न पाउँदा शरीर स्वस्थ भएको छ’, उनले भनिन् ।

उता ग्रामिण क्षेत्रमा भने कृषि पद्यतिमा नै परिवर्तन आएको छ । जैविक मल र आग्र्यानिक तरकारीले किसानका खेतवारी भरिएका छन् । शहरबाट गाउँ फर्किएका मानिसहरु पनि समय विताउन कृषि कर्ममा रमाउन थालेपछि नाङ्गा पाखा पखेरामा समेत हरियाली छाएको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । उनले भने–‘बल्ल मानिसले कृषिको महत्व बुझ्न थालेका छन्, शारिरीक तन्दुरुस्ती मात्रै होइन मानसिक स्पmुर्तिको गतिलो माध्यम पनि बनेको छ कृषि कर्म ।’ अहिले म्याग्दीको ग्रामिण क्षेत्रमा पनि कोरोना सङ्क्रमण भुसको आगो जस्तै गरी फैलिएको छ । एउटै गाउँमा ५० जनाभन्दा बढी सङ्क्रमितहरु भेटिन थालेपछि गाउँको अवस्था पनि भयावह बन्दै छ ।

फुर्सदको समयमा छिमेकीको घरमा जाने,गफिने र समय विताउने गरेका गाउँलेहरु अहिले आफ्नो घर बाहेक अरु कसैको घरमा जाने वातावरण नहुँदा समय विताउनकै लागि भए पनि खेतबारीको काममा व्यस्त हुन थालेका छन् । उनीहरुले तरकारी खेतीलाई समय विताउने माध्यम बनाएका बेनी नगरपालिका २ बगरफाँटका पदमपाणी शर्माले बताए । शर्माका अनुसार गाउँमा अहिले आग्र्यानिक कृषिको लहर छाएको छ । बजार बन्द हुँदा रासायनिक मल र विषादी किनेर खेतवारीमा प्रयोग गर्ने अवस्था छैन । त्यसले पनि किसानलाई जैविक मल र विउको प्रयोग गर्न बाध्य बनाएको उनको बुझाइ छ ।


म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले भने कोभिडको महामारीको समयमा आग्र्यानिक तरकारी झन आवश्यक छ’, उनले भने ‘घरमै फलाउनसके बजारको भीडभाडमा गइरहनु पर्दैन ।’ घरघरमा विषादीरहित तरकारी उत्पादन गर्दा पैसाको बचत र वातावरणमा पनि राम्रो असर पु¥याउँने उनको भनाइरहेको छ ।
कोरोना महामारीमा धेरै जनाले छोएको तरकारी किन्नुपर्ने, भिडभाडमा जानुपर्ने जस्ता कारणले सङ्क्रमणको सम्भावना बढी हुन्छ । आफ्नै तरकारी उत्पादन गर्नसक्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न त सकिन्छ नै स्वस्थ तरकारी खाँदा अन्य रोगसँग लड्ने क्षमता पनि विकास हुन्छ । कृषक कार्कीका अनुसार अहिले जिल्लाका ग्रामिण क्षेत्रमा आग्र्यानिक उत्पादनको लहर चलेको छ । कोभिडका कारण बजार बन्द भएपछि किसानले उत्पादन गरेका तरकारी विक्रि नहुँदा पशुको आहारा बनेको छ । गाउँमा सबैका घरमा अहिले तरकारी खेती गरिएको छ । गाउँमा खपत हुने अवस्था छैन ।