अध्यादेशबाट बजेट ल्याउने सरकारको तयारी

  • १० जेष्ठ २०७८, सोमबार
  • 1036 पटक पढिएको

काठमाण्डाै १० जेठ । प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक बर्षका लागि अध्यादेशबाट बजेट ल्याउने बताएका छन् । बालुवाटारमा आफ्नो दल निकट पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले अध्यादेशबाट ल्याउने बजेटका लागि एउटा औपचारिक बाचन कार्यक्रम राखिने जानकारी दिए । उनले भने–‘त्यसको जारी औपचारिक रुपमा सम्माननीय राष्ट्रपतिबाट हुनेछ ।

बजेट सस्तो लोकप्रियता अथवा चुनाव भइसकेपछि पनि दुरगामी भविष्यलाई प्रभाव पार्नेगरी देशका लागि प्रतिकूल हुनेगरी आउँदैन। हामी जिम्मेवार ढंगले बजेट प्रस्तुत गर्छौ ।

मैले यसअघि नै घोषणा गरेका नीतिहरु, कार्यक्रमहरूका लागि पनि बजेट आउँछ ।’ उनले विकास निर्माणका साथै कोरोना निर्मूलका लागि बजेट केन्द्रीत हुने दावी गरेका छन् ।

यही जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।