म्याग्दीमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रम‌णको पुष्टि

  • ७ जेष्ठ २०७८, शुक्रबार
  • 1059 पटक पढिएको

म्याग्दी ७ जेठ । म्याग्दीमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा ३ जना , मंगला गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १५ जना, अन्नपूर्ण गाँउपालिकामा ४ जना र मालिका गाँउपालिकामा १८ जना गरी ४१ जना (एन्टिजेन बिधिबाट) रहेका छन् ।         
यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ११९७ जना पुगेको ( पिसिआरबाट ९३१ जना र एन्टिजेनबाट २६६)   रहेकाे स्वास्थ्य कार्यालयले जनाएकाेे छ ।्आज १२९ जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनुभएको छ भने जिल्लामा ३३९ जना सक्रिय संक्रमित हुनुहुन्छ।अहिले सम्ममा अब ७४८ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ।