म्याग्दी रुन्माका निर प्रसाद घर फर्कने पर्खाइमै कतारमा अस्ताए

  • १० जेष्ठ २०७८, सोमबार
  • 2000 पटक पढिएको

तिलु शर्मा पौडेल
दोहा कतार १० जेठ । दैनिक मजदुरी गरेर आफ्नो परिवार पाल्ने सपना बोकेर खाडी राष्ट्र कतार आएका म्याग्दीकाे मालिका गाउँपालिका –५ रुन्माका निर प्रसाद कामीको निधन भएको छ । घर जाने परिवार र बाल बच्चा सङ बिदा मनाएर फेरी कतार फर्कने उनको सपना सदाको लागि अन्त्य भएको छ । ४३ वर्षीय कामीको गत बिहीबार राती निधन भएको थियो । प्रारम्भीक अनुसंधानका क्रममा उनको निधन हृदयघातबाट भएको अनुमात गरिएको छ ।


एक दशक देखि एक स्थानीय कम्पनीमा कार्यरत उनी सुतिरहेकै अवस्थामा मृत भेटिएका थिए । यहाँको सरकारी अस्पतालको पोस्टमार्टम रिपोट अनुसार उनको मृत्यु हृदयाघातका कारण भएको पुष्टि गरेको छ । उनको मृत्युको बारेमा कम्पनीका जिम्मेवार अधिकारीले नेपाली दूतावासमा जानकारी गराएका थिए । दूतावास पुगी मृतकले पाउनु पर्ने सबै सेवा सुविधा बापतको रकम कम्पनीले बुझाए पछि सब नेपाल पठाउने अनुमति पत्र नियोगले जारी गरेको र थप प्रक्रिया पुरा गरी यथाशक्य सब पठाइने नेपाली नियोगका दित्तीय सचिव भुवन भट्टले जानकारी दिए ।

कोरोनाका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाए पछि सबलाई पठाउने दिन यकिन हुन् सकेको छैन । कामीको मृत्युबारे थप जानकारी लिन तथा सहायताका लागि मोना कतारका अध्यक्ष नरेन्द्र फगामी पनि दूतावास पुगेका थिए । मृतकको सब लिएर घर सम्म पुराइदिन आवश्यक कागजपत्र पनि नियोगले पुरा गरिदिने जानकारी गराईएको छ । मृतक कामिका श्रीमती सहित २ छोरा रहेका छन् । परिवारको अवस्था हेरेर आवश्यक सहयोग गरिने अध्यक्ष फगामीले बताए ।