प्रधानमन्त्रीमा देउवा र ओलीको दाबी, कस्लाई आधिकारिकता दिन्छ शीतल निवासले ?

  • ७ जेष्ठ २०७८, शुक्रबार
  • 1123 पटक पढिएको

काठमाडौं ७ जेठ । नयाँ सरकार गठनको लागि राष्टपतिले दिएको समयसिमाभित्र विपक्षि गठबन्धनबाट काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपि शर्मा ओलीको दावि परेको छ । काँग्रेस, माओवादी केन्द्रका साथै जनता समाजवादी पार्टीको उपेन्द्र यादम बावुराम पक्ष र एमालेकै माधवकुमार नेपाल पक्षका साँसदहरुको समर्थनमा काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दावि पेश गरेका हुन् । त्यसैगरि नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् ।


एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेश गरेका हुन् । प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालका अनुसार दावी पत्रमा ओलीसँगै जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको छ । लगतै विपक्षी गठबन्धनका नेताहरुसहित शीतल निवास पुगेर दावि पेश गरेका छन् । दुबै पक्षले आ–आफ्नो पक्षमा बहुमत पुगेको दावि पेश गरेपछि राष्टपति कार्यालयले दावि अध्ययन गरिरहेको जनाएको छ ।