ताजा अपडेट

म्याग्दीमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी २१ वैशाख । म्याग्दीमा सक्रिय कोरोना संक्रमितको संख्या १ सय नाघेको छ । सोमबार सम्म जिल्लामा ७३ जना सक्रिय कोरोना संक्रमित रहेकोमा मंगलवार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कोरोनाको लक्षण देखिएका ४२ जनाको बेनी अस्पताल परिसरमा संकलन गरिएको स्वाब परिक्षणको क्रममा... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा १० दिन निषेधाज्ञा जारी

बेनी, २१ वैशाख । म्याग्दी सदरमुकाम बेनी बजार आसपासमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न बेनी नगरपालिका क्षेत्रमा १० दिन लकडाउन (निषेधाज्ञा) आदेश जारी भएको छ । https://www.youtube.com/watch?v=o-SopWg65nQ सर्वदलिय बैठक र बेनी नगरपालिकाको सिफारिस र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) तथा जिल्ला सुरक्षा समितिको समिति समेतको... पुरा पढ्नुहोस

मंगलवार काेराेनाबाट ५५ जनाको मृत्यु, ७६६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डाै २१ वैशाख । नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै मंगलवार मात्रै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी... पुरा पढ्नुहोस

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

काठमाण्डौ २१ वैशाख । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । आज बैठक सक्दा बेलुकाको पाँच बजिसकेका कारण बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने माओवादी... पुरा पढ्नुहोस

काठमाडौंमा बेड नपाएपछि संक्रमितलाई बागलुङ ल्याएर उपचार

बागलुङ २१ वैशाख । काठमाडौंकी ३१ वर्षीया महिलालाई चार दिनअघि कोभिड–१९ को संक्रमण पुष्टि भयो । उनका श्रीमानको पनि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ नै आयो । स्वास्थ्यमा समस्या नआएकाले उनीहरु होम आइसोलेसनमै बसे । तर सोमबार एक्कासी महिलालाई सास फेर्न असहज भयो । श्वासप्रश्वासमा समस्या भएपछि उनीहरुले काठमाडौंका केही अस्पतालमा... पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट बागलुङमा कार्यपालिका सदस्यको मृत्यु

बागलुङ २१ बैशाख । कोरोना भाइरस (कोभिड १९)बाट बागलुङको ताराखोला गाउँपालिकाका एक महिलाको मृत्यु भएको छ। ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी ३० वर्षिया तेजुमाया भण्डारी परियारको उपचारका क्रममा मृत्यु भएको हो। भण्डारीलाई १८ गते कोरोना संक्रमण पुष्टि भएको र सोमबार राति धौलागिरी अस्पतालमा उपचारकै क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय बागलुङका... पुरा पढ्नुहोस

म्याग्दीका एक बृद्धको कोरोना संक्रमणबाट पोखरामा मृत्यु

म्याग्दी २१ वैशाख । म्याग्दीका एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मंगला गाउँपालिका–१ तुसारेपानीका ७६ बर्षीय बृद्धको कोरोना संक्रमणका कारण चरक मेमोरियल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर मार्फत उपचारको लागि पोखरा पु¥याईएका बृद्धमा वैशाख १७ गते कोरोना... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा १० दिन लकडाउन हुने

बेनी, २१ वैशाख । म्याग्दी सदरमुकाम बेनी बजार आसपासमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न  बेनी नगरपालिका क्षेत्रमा १० दिन लकडाउन (निषेधाज्ञा) गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को मंगलवार बेनीमा बसेको बैठकले सर्वदलिय सर्वपक्षिय बैठकको निर्णय र बेनी नगरपालिकाको अनुरोध बमोजिम वैशाख २२... पुरा पढ्नुहोस

कोरोनाबाट सोमबार अहिलेसम्मकै सर्वाधिक संक्रमण,एकैदिन ३७ जनाको मृत्यु

काठमाडौं २० वैशाख । सोमबार नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । सोमबार देशभर ७,४४८ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १७ हजार १७६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । २,०२१ जना निको भएका... पुरा पढ्नुहोस

गण्डकीमा र सुदूरपश्चिमका प्रदेश प्रमुख हेरफेर

काठमाडौं २० वैशाख,। गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरु हेरफेर भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुबै प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त हुभएको छ । गण्डकीमा अमिक शेरचन... पुरा पढ्नुहोस