रुप्से झरनामा आन्तरिक पर्यटकको भिड (फोटो फिचर)

  • १३ कार्तिक २०७८, शनिबार
  • 1841 पटक पढिएको

बेनी, १३ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरनामा तस्बिर खिचाउँदै गरेका आन्तरिक पर्यटकहरु । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने यो झरनामा पर्यटकहरुको आगमन बढेको छ । मुस्ताङ भ्रमणमा आउने प्राय सबै पर्यटकहरुले रुप्से झरनामा समेत समय बिताउने गरेका छन् ।

मोटरसाईकल र निजी सवारी सवारी तथा भाडाका सवारी साधन हुँदै मुस्ताङ आउने जाने पर्यटकहरुको रोजाईमा रुप्से पनि पर्ने गरेको छ । अघील्लाे  बर्ष अाएकाे बाढी र पहिरोले रुप्से झरना नजीकका पर्यटकीय पूर्वाधार बगाएको थियो । अग्लो पहाडबाट खस्ने यस झरनामा पर्यटकहरुले तस्बिर खिचाउने र टिकटक बनाउने गरेका छन् ।
तस्बिर : कमल खत्री