जिससको आयोजनामा स्थानीय तह र विषयगत कार्यालयको समिक्षा

  • १४ कार्तिक २०७८, आईतवार
  • 619 पटक पढिएको

 

बेनी, १४ कात्तिक । जिल्ला समन्वय समितिको आयोजनामा जिल्लास्थित विषयगत कार्यालय र स्थानीय तहको आर्थिक बर्ष २०७७/०७८ को बार्षि समिक्षा गोष्ठी भएको छ । बार्षिक सामाजिक गोष्ठीको उद्घाट्न गण्डकी प्रदेशकी पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले गर्नुभएको हो ।


जिसस प्रमुख देवेन्द्रबहादर केसीको अध्यक्षतामा भएको समिक्षा गोष्ठीमा पुर्व संविधान सभा सदस्यहरु, नवराज शर्मा, गोविन्द्र पौडेल, रेशम बानियाँ, प्रदेश सभा सदस्य विनोद केसी, स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, सुरक्षा निकाय, विषयगत कार्यालयका प्रमुखको उपस्थित भएको थियो ।


सो गोष्ठीमा राजनीतिक दलका युवा नेताले जिल्लाका राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिहरु जनताको आवश्यकता भन्दा निर्वाचन केन्द्रित बजेट विनियोजनमा ध्यान बढी गएको धारणा राख्नुभयो । राजनीतिक दलहरुको एकता ब्यवहारमा नहुदाँ जिल्लाका मुख्यमुख्य सडक, विद्युत, टेलिकमको सेवा र अस्पताल लगायतको योजना अलपत्र परेको बार्षिक समिक्षा गोष्ठीमा उपस्थित जनप्रतिनिधिमाझँ भन्नुभयो ।


नेकपा एमालेका सचिव बालकृष्ण सुवेदीले निर्माण ब्यवसायीको लापरबाहीले विकास जिल्लाका संचालित विकास योजनाहरु कमजोर बनेको बताउनुभयो । नेपाली कांग्रेसका उपसभापति माधवप्रसाद रेग्मीले ६ बर्षदेखि बेनी अस्पतालको भवन अलपत्र पर्दा विरामीको उपचार टहरमा गर्नुपरेको बताउदै निर्वाचित जनप्रतिनिधिहरुमा जनताको प्रश्न रहेको भन्नुभयो । नेकपा एकीकृत समाजबादीका अध्यक्ष कृष्ष्णकुमार विकले भाषण धेरै काम थोरै गरेको प्रतिफल जिल्लाको विकास योजनाहरुमा भएको ढिलासुस्तीले देखाएको बताउनुभयो ।

समिक्षा गोष्ठीमा प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, स्थानीय तहका अध्यक्ष, उपमेयर, उपाध्यक्ष, म्याग्दी धारणा राखेका थिए । तीन तहमा निर्वाचित जनप्रतिनिधिहरुको समन्वयकारी भूमिकाको अभावले विकास योजनाहरुमा अनुगमन, काममा भएको ढिलासुस्तीप्रति वेवास्ता बढी देखिन्छ । आईतबार देखि सुरु भएको गोष्ठीलाई निरन्तरता दिदै सोमबार विषयगत कार्यालको गतबर्षको प्रगति विवरण प्रस्तुती सकेर जिल्ला सभा हुने जिसस प्रमुख केसीले बताउनुभयो ।