महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने कर्मचारीलाई तालिम

  • १४ कार्तिक २०७८, आईतवार
  • 639 पटक पढिएको

 

बेनी, १४ कात्तिक । म्याग्दीको स्थानीय तहमा महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने कर्मचारीलाई दुई दिने अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ। सामाजिक विकास कार्यालय म्याग्दीले महिला तथा बालबालिका क्षेत्रका कार्यरत कर्मचारीको क्षमता बृद्धि गर्नका लागि कात्तिक १४ र १५ गते अभिमुखीकरण तालिम संचालन गरिएको हो ।


कार्यालय प्रमुख रमेश थापाले सामाजिक क्षेत्रमा सहयोग पुग्ने किसिमले म्याग्दी ६ स्थानीय तहमा महिला तथा बालबालिका क्षेत्रमा कार्यरत कर्मचारी, सरकारी कार्यालयमा कार्यरत कर्मचारी, गैससस्थित कार्यालयका कर्मचारीको उपस्थितमा दुई दिने अभिमुखीकरण तालिम संचालन गरेको बताउनुभयो । दुईदिनसम्म संचालन हुने तालिममा सहभागिलाई प्रशिक्षक डम्मर बहादुर जिसी, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना लगायतले सहजिकरण गर्ने छन् । गत भदौ २१ गतदेखि सामाजिक विकास कार्यालय बेनीमा राखिएको हो । महिला, बालबालिका, अपाङ्गता र बृद्ध बाआमा भएका ब्यक्तिको क्षमता विकास तालिम र उनीहरुलाई आवश्यक सामाग्रीहरु उपलब्ध गराउने काममा कार्यालय सक्रिय छ ।