जनगणना गर्ने गणकहरुलाई तालिम
- १३ कार्तिक २०७८, शनिबार
- 753 पटक पढिएको
बेनी, १४ कात्तिक । जिल्ला जनगणना कार्यालय म्याग्दीले राष्ट्रिय जनगणनामा नियुक्त भएका गणकहरुलाई शनिबारदेखि बेनीमा तालिम सुरु गरेको छ। चारदिनसम्म संचालन हुने तालिमको उद्घाट्न गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले दश बर्षको अन्तरालमा गरिने जनगणनाले मुलुको जनसंख्या, आर्थिक, सामाजिक अवस्था थाहा पाउन सहयोग पुग्ने बताउदै वडास्तरका जनप्रतिनिधिहरुसंग समन्वय गरेर जनगणना गर्न गणकहरुलाई आग्रह गर्नुभएको थियो । जनगणनाको तथ्याकं अनुसार जनताका आवश्यक विकासका योजनाहरुमा समन्वय गर्न सहयोग पुग्ने बताउनुभयो ।
तालिममा सहभागि बेनी नगरपालिकासहित अन्नपुणर् र रघुगंगा गाउँपालिकाबाट ११५ जना सहभागि छन् । गणकहरुलाई तथ्याकं संकलन फारम फर्ने तरिका र गणकहरुलाई सहज हुने ब्यवहारिक ज्ञान तालिमबाट दिईने जनगणना अधिकारी घनश्याम सापकोटाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाको अध्यक्षतामा भएको जनगणना तालिममा प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले जनगणनामा सहभागि गणकहरुको सुरक्षामा प्रहरी प्रतिवद्ध रहेको बताउदै समस्या परेमा समन्वय गर्न आग्रह गर्नुभएको थियो । तालिममा बेनी नगरपालिकाका प्रम्ुख प्रशासकिय अधिकृत धोलकराज ढकाल, म्याग्दी बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।
मंगला, मालिका र धवलागिरी गाउँपालिकाको जनगंणनाको समन्वय गर्न दरवाङमा कार्यालय स्थापना गरिएको छ। गणकहरुलाई दरवाङमा उपस्थित गराएर तालिम दिएको छ। तलिममा सहभागि गणकहरुले कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म घरदैलोमा पुगेर १२ औँ जनगणना गर्ने छन् ।