ताजा अपडेट

जिसस मुस्ताङमा प्रमुख र उपप्रमुखसहित एमालेका ६ सदस्य निर्विरोध

मुस्ताङ, २३ जेठ । जिल्ला समन्वय समिति मुस्ताङको निर्वाचनमा नेकपा एमाले र राप्रपाको एकल उम्मेदवारी परेपछि प्रमुख र उपप्रमुखसहित एमालेको ६ सदस्य र राप्रपाको १ सदस्य निर्विरोध भएका छन्। जिसस निर्वाचनको लागि सोमबार बिहान १० बजेदेखि २ सम्म उम्मेदवारी मनोनयपत्र दर्ता गर्ने कार्यतालिका रहेकोमा नेकपा एमालेको ६ र राप्रपाको २... पुरा पढ्नुहोस

गण्डकी प्रदेश अन्तरगत ७ जिल्लाको जिसस गठनमा पार्टीको एकल बहुमत

  म्याग्दी, २३ जेठ । स्थानीय तहको निर्वाचन सकिएपछि दलहरुको ध्यान जिल्ला समन्वय समितिको चुनाव केन्द्रित भएको छ । तह निर्वाचनको परिणाम आएको १५ दिनभित्र कार्यपालिका र त्यसपछि जिससको निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ । ११ जिल्ला रहेको गण्डकी प्रदेशका ७ जिल्लामा पार्टीको एकल बहुमत पुगेको छ भने ४ जिल्लामा... पुरा पढ्नुहोस

जिसस म्याग्दीको निर्वाचन असार ५ गते

म्याग्दी, २३ जेठ । स्थानीय तह निर्वाचन अन्तरगत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन असार ५ गते हुने भएको छ । जिल्लासभाको निर्णय अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी असार ५ गते निर्वाचन गर्ने गरी समय तालिका निर्धारण गरेको हो । जिससको प्रमुख उपप्रमुख सहित नौ सदस्यीय समितिका लागि निर्वाचन गराउन... पुरा पढ्नुहोस

विश्व वातावरण दिवस : विकासका नाममा विनाश

म्याग्दी, २२ जेठ । म्याग्दीमा मानवीय लापर्वाही र प्राकृतिक प्रकोपका कारण वातावरणीय असन्तुलनका कारण जोखिम बढ्दै गएको छ। जनप्रतिनिधि र जनता दुबैका नजरमा विकास भनेर सडक नै प्राथमिकतामा परेपछि जिल्लाका ग्रामीण क्षेत्रमा वातावरण क्षयीकरण हुनेक्रम बढ्दै गएको छ। विकासका नाउँमा डोजर, स्काभेटर लगायतका मेसिन गाउँतिर उक्लिएपछि ग्रामीण क्षेत्रको वातावरण खलबलिएको... पुरा पढ्नुहोस

बालुवाटार पुग्यो समाजवादीका नयाँ मन्त्रीहरुको नामावली

  म्याग्दी, २२ जेठ । नेकपा एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाएका हुन् । आजै नयाँ मन्त्रीहरुलाई शपथ गराउने गरी नयाँ मन्त्रीहरुको नामावली देउवालाई बुझाइएको पार्टीका उपमहासचिव समेत रहेका विजय... पुरा पढ्नुहोस

दानास्थित मोति बराहमा १०८ धारा निर्माण

म्याग्दी, २२ जेठ । म्याग्दीको अन्नपुर्ण गाउँपालीका– ३ दानाको मतिचौर स्थित रहेको धार्मिक पर्यटकिय स्थल मोति बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २ हजार २ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा निर्माण गरिएको १०८ धाराको वडा अध्यक्ष रमेश पुर्जाले गरेका हुन् । आर्थिक... पुरा पढ्नुहोस

म्याग्दीमा बढ्यो दूधको मूल्य

बेनी, २१ जेठ । म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मुल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुदाँ कृषक मर्कामा परेको गुनासोसँगै आइरहेको बेला दूधको मूल्य बढेपछि पशुपालन कृषकहरु खुसी भएका छन् । मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर रू ११० र व्यापारीले अधिकतम रू १३२... पुरा पढ्नुहोस

१८ औं अन्तर मा.वि. लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाईन्ट प्रथम

म्याग्दी, २१ जेठ । म्याग्दी जेसिजको आयोजनामा भएको १८ औं अन्तर मा. वि. रनिङ्गशील्ड लोकनृत्य प्रतियोगितामा न्यू वेष्ट प्वाईन्ट आवासिय मावि प्रथम भएको छ । जेसिजको २४ औं स्थापना दिवसको अवसरमा आयोजित ‘जेसीज सप्ताह’ कार्यक्रम अन्तरगत शनिबार नेपाल भाषा मङ्काखलको सभाहलमा भएको लोकनृत्य प्रतियोगितामा ११ विद्यालयको सहभागिता भएको थियो ।... पुरा पढ्नुहोस

जातीय भेदभाव र छुवाछूत : संविधानमा छैन, व्यवहार र संस्कृतिमा कायमै

देवीदत्त शर्मा । आज ‘जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस’ । जातीय भेदभाव भन्नु र छुवाछूत भन्नु एउटै कुरा होइन । भेदभावमा पुस्तौं पुस्ता देखिको अर्थराजनीतिक शोषण र बहिष्करण दासत्व लुकेको छ भने छुवाछूतमा व्यवहार र उच्च घमण्डीय संस्कृति । ‘मैंले त छुवाछूत गरेको छैन, म त दलित साथीसँगै खाना... पुरा पढ्नुहोस

जेसिजको आयोजनामा ‘सार्वजनिक भाषणकला’ तालिम

म्याग्दी, १९ जेठ । म्याग्दी जेसिजको आयोजनामा भएको प्रभावकारी सार्वजनिक भाषणकला तालिम सम्पन्न भएको छ । म्याग्दी जेसिजद्वारा आयोजित ‘जेसिज सप्ताह’ कार्यक्रम अन्तरगत‘प्रभावकारी सार्वजनिक भाषण कला तालिम’ मा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । विहिबार जेसिज सभाहलमा भएको तालिममा प्रशिक्षकद्धय बागलुङ जेसिज पुर्व अध्यक्ष सुदिपराज भण्डारी र म्याग्दी जेसिज पुर्व... पुरा पढ्नुहोस