कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडी

  • १९ असार २०७९, आईतवार
  • 821 पटक पढिएको

पोखरा। राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मानित हुनुभएको छ । दोस्रो स्पोर्टस अवार्डमा पनि उत्कृष्ट बन्नुभएकी म्याग्दीकी शाही अहिले पुनः उत्कृष्ट खेलाडी बन्दै पुरस्कृत हुनुभयो। शाहीसँगै पुरुषतर्फ टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी छनोट हुनुभएको छ।


खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दै आएको पोखरा स्पोर्टस अवार्ड अन्तर्गत शाही र खड्कालाई उत्कृष्ट घोषित गर्दै १÷१ थान इलेकट्रोनिक स्कुटर दिइएको हो । दुवैतर्फ ३/३ जनाको मनोनयन थियो ।