ताजा अपडेट
तेस्रो वौद्ध कपको बुधबारदेखि क्वाटर फाईनल
- 8 बर्ष, 4 महिना अगाडि
- ३ आश्विन २०७४, मंगलवार
बेनी ३ असोज । बेनीमा जारी तेस्रो वौद्ध कप फुटबल प्रतियोगिता अन्तरगत बुधबारदेखि क्वाटर फाईनलको खेल हुने भएको छ । बुधबार बिहान बागलुङ जिल्ला फुटबल संघ र वौद्ध सेतोबीचको खेलपछि प्रि क्वाटर फाईनल सकिने र क्वाटर फाईनल सुरु हुने आयोजक वौद्ध युवा कल्वले जनाएको छ । दसै पर्वको अवसरमा... पुरा पढ्नुहोस
कस्तुरी सहकारीको आठौँ बार्षिक साधारण सभा सम्पन्न
- 8 बर्ष, 4 महिना अगाडि
- ३ आश्विन २०७४, मंगलवार
म्याग्दी, ३ असोज । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभा मंगलबार बेनीमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बेनी नगरपालिका ७ का वडा अध्यक्ष तथा सहकारीका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सहकारीले कृषिको प्रर्वद्धन, विकास र युवालाई रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । संस्थाका... पुरा पढ्नुहोस
बेनीमा पनि संबिधान दिवस मनाइयो
- 8 बर्ष, 4 महिना अगाडि
- ३ आश्विन २०७४, मंगलवार
म्याग्दी, ३ असोज । बेनीमा पनी मंगलबार विभिन्न कार्यक्रम गरेर तेस्रो संबिधान दिवस मनाइएको छ । संबिधान दिवस मूल समारोह समितिले बेनीमा प्रभातफेरी र समारोहको आयोजना गरेर दिवस मनाएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट राजनितिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीहरुको ¥याली निकालीएको थियो ।... पुरा पढ्नुहोस
लायन्स कल्व बेनी महारानीद्धारा शैक्षिक सामाग्री वितरण
- 8 बर्ष, 4 महिना अगाडि
- २ आश्विन २०७४, सोमबार
म्याग्दी, २ असोज । लायन्स कल्व अफ बेनी महारानीले बेनी नगरपालीका २ बगरफाँटमा रहेको सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई सोमबार शैक्षिक सामाग्री वितरण गरेको छ । कल्वको एक महिना, एक सेवा कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत विपन्न समुदायका दश जना बालबालिकालाई कापी, कलम, पेन्सील, कटर लगायत शैक्षिक सामाग्री वितरण गरिएको हो... पुरा पढ्नुहोस
पात्लेखेतको विपद् तथा राहत व्यवस्थापन कोषमा बेलायतबाट साढे तिन लाख
- 8 बर्ष, 4 महिना अगाडि
- २ आश्विन २०७४, सोमबार
म्याग्दी २ असोज । बेनी नगरपालीका १० पात्लेखेतमा विपद् तथा राहत व्यवस्थापन कोष स्थापना गरिएको छ । प्राकृतिक बिपद्बाट प्रभावित पात्लेखेतका बासिन्दालाई सघाउन वडा कार्यालयको पहलमा कोष स्थापना भएको हो । पहिरो, आगोलागी लगायत भैपरी आउने विपद्बाट प्रभावित हुने स्थानीय बासिन्दालाई तत्कालै सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको वडा... पुरा पढ्नुहोस
मैत्रीपूर्ण फुटबल
- 8 बर्ष, 4 महिना अगाडि
- २ आश्विन २०७४, सोमबार
म्याग्दी २ असोज । तेस्रो संबिधान दिवस म्याग्दीमा सोमबारदेखि विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन थालीएको छ ।संबिधान दिवस मुल समारोह समितिको आयोजनामा त्रिदीबशिय कार्यक्रम गरेर दिवस मनाउन लागीएको हो । पहिलो दिन सोमबार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । कर्मचारी र नेताजनप्रतिनिधि बिच मैत्रीपूर्ण फुटबल खेलाइएको हो । मैत्रीपूर्ण... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा एकिकृत सम्पत्ती कर लागू गर्ने तयारी
- 8 बर्ष, 4 महिना अगाडि
- २ आश्विन २०७४, सोमबार
म्याग्दी २ असोज । म्याग्दीको बेनी नगरपालीकामा आगामी आर्थिक वर्ष २०७५७६देखि एकिकृत सम्पत्तीकर लागु हुने भएको छ । एकिकृत सम्पत्तीकर लागु गर्ने नगरसभाको निर्णय कार्यान्वयनका लागि कार्यपालीका बैठकबाट कार्यबिधी पारित गरेको नगरपालीकाले सम्पत्ति मूल्याङ्कन समिति गठन गर्नुका साथै सरोकारवालाहरुसंग छलफल अघि बढाएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा... पुरा पढ्नुहोस
मितेरी बचत तथा ऋण सहकारीको अध्यक्षमा पुन चयन
- 8 बर्ष, 4 महिना अगाडि
- २ आश्विन २०७४, सोमबार
म्याग्दी, २ असोज । बेनीमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पर्णबहादुर पुन चयन हुनुभएको छ । संस्थाको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका पुनको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । अधिबेशनबाट समितिको उपाध्यक्षमा लालबहादुर चर्मकार, सचिबमा ताराप्रसाद गौतम,... पुरा पढ्नुहोस
दशैँका लागि भेडाच्याङ्ग्रा निकासी हुन थाले
- 8 बर्ष, 4 महिना अगाडि
- १ आश्विन २०७४, आईतवार
म्याग्दी, १ असोज । हिन्दू नेपालीको महान् पर्व दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी हुन थालेको छ । बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानी काठमाडौँको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालिएको हो । मुस्ताङबाट शुक्रबारदेखि भेडाच्याङ्ग्रा निकासी शुरु भएको जनाइएको छ ।भेडाच्याङ्ग्रा... पुरा पढ्नुहोस
मोना कतार मार्फत राष्ट्रिय कलाकारहरु सम्मानित
- 8 बर्ष, 4 महिना अगाडि
- १ आश्विन २०७४, आईतवार
दोहा कतार । “प्रवासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुल नारा लिएर खाडी रास्ट्र अन्तर्गतको दोहा कतारमा सन २००३ मा स्थापित म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार) मार्फत रास्ट्रिय कलाकारहरु सम्मानित भएका छन् । विश्वकर्मा समाज कतारको आयोजनामा त्यश्रो विश्वकर्मा बाबाको पुजा तथा शुभकामना आदान प्रदान कार्यक्रम... पुरा पढ्नुहोस