मल्कबाङ्गकी तिर्सना छन्त्याललाई रु २० हजार राशीको मोतीलाल पुरस्कार प्रदान

  • १२ कार्तिक २०७४, आईतवार
  • 2036 पटक पढिएको

म्याग्दी, १२ कात्तिक । म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गकी एक छात्राले रु २० हजार राशीको पुरस्कार प्राप्त गरेकी छिन् । मल्कबाङ्ग समाज यूकेले जनजागृति मावि मल्कबाङ्गबाट एसईई परिक्षामा उत्कृष्ठ नतिजा ल्याएर उर्तिण भएकोमा तिर्सना घरब्जा छन्त्याललाई सो पुरस्कार प्रदान गरेको हो ।मल्कबाङ्ग समाज यूकेले गत बर्षदेखि जनजागृति माविबाट एसईई परिक्षामा उत्कृष्ठ अंक ल्याउने मध्ये सर्वोकृष्ठ अंक प्राप्त गर्ने एक जनालाई मोतिलाल पुरस्कार प्रदान गर्न सुरु गरेको हो । उक्त पुरस्कार युके देखि जगेन भलन्जा छन्त्यालले प्रायोजन गर्नुभएको हो ।

विद्यालयमा आयोजित पुरस्कार वितरण समारोहमा विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने ठुलो रकमको पुरस्कार उपलब्ध गराउने मल्कबाङ्ग समाज यूके र प्रायोजक जगेन छन्त्याललाई बिद्यालयका अध्यक्ष चन प्रसाद गौचन र बिद्यालयको तर्फबाट धन्यबाद ज्ञापन गरिएको थियो ।

उत्प्रसाद घरब्जा छन्त्याल र चन कुमारी घरब्जाकी जेठी छोरी तिर्सना असल स्वभावकि र पढाईमा पनि उत्तिकै तेजिलो छिन् । विद्यालयमा आयोजित कार्यक्रममा बिद्यालयका अध्यक्ष चन प्रसाद गौचन र प्रध्यापक जहुर आलमले सयुक्त रुपमा तिर्सना छन्त्याललाई उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा धौलागिरी गाउँपालिका वडा नम्बर ५ मल्कबाङ्गका अध्यक्ष खर्क कुमारी भलन्जा छन्त्याल, समाजसेबी अमर भलन्जा छन्त्याल, रबिन घरब्जा छन्त्याल, भिम प्रसाद भलन्जा छन्त्याल, दलित अगुवा कमारा बि.क, बिद्यालयका शिक्षक, शिक्षिका लगायत स्थानीय अगुवाहरुको उपस्थिति रहेको थियो । गत वर्ष एसईई परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने भीमा घ्यापचन छन्त्याललाई मल्कबाङ्ग समाज यूकेका अध्यक्ष शेर छन्त्यालले नगद रु २० हजार पुरस्कार प्रदान गर्नुभएको थियो ।

शैक्षिक गुणस्तर र विद्यार्थीहरुमा थप प्रोत्साहन मिलोस् भन्ने हेतुका साथ मल्कबाङ्ग समाज यूकेले गत वर्ष देखि शुरुवात गरिएको मोतीलाल पुरस्कार निकै प्रभाबकारी हुने विश्वास लिईएको छ । गाउँको लागि विभिन्न सकरात्मक योजनाहरु बनाएको भन्दै मल्कबाङ्ग समाज यूकेका अध्यक्ष शेर छन्त्यालले सबै मल्कबाङ्गबासीहरु फुटेर होइन जुटेर साथ दिनुपर्ने बताउँनुहुन्छ । ‘‘हामीले यो शैक्षिक पुरस्कारको एउटा क्षेत्र मात्रै हो, मल्कबाङ्गको विकास र समृद्धिको लागि मल्कबाङ्ग समाज यूके सधै तत्पर छ, स्थानीयवासीहरु पनि चासो र चिन्तनका साथ गाउँको विकासमा लाग्नु पर्छ, हामीले हाम्रो पुर्खाहरुको योगदान र इतिहासलाई सधै आत्मसाथ गर्नु पर्छ , मल्कबाङ्गको यही इतिहासलाई जीवित राख्न तपाई हाम्रो सहकार्य र समन्वयको खाँचो छ’’–उहाँले भन्नुभयो ।