म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा कर्माचार्य

  • १२ कार्तिक २०७४, आईतवार
  • सन्तोष गौतम
  • 3756 पटक पढिएको

म्याग्दी १२ कात्तिक । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा उत्तमकुमार कर्माचार्य निर्वाचित हुनुभएको छ । बेनीमा शनिबार राती सम्पन्न भएको संघको २४ औ साधारणसभा तथा दसौ अधिवेशनबाट कर्माचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

सदस्यहरुमा गोपाल पौडेल, सूवर्ण रिजाल, टेकप्रसाद सापकोटा, लक्ष्मण शर्मा, खेमबहादुर केसी, बेलबहादुर कटुवाल, राजेश शाक्य, लिलाराम गौतम, सरोज बानियाँ, नारायण जिसी, ताराप्रसाद आचार्य, ठाकुर प्रसाद शर्मा, चन्द्रबहादुर विश्वकर्मा, राजकुमार श्रेष्ठ, भुमिनाथ सापकोटा, गणेश श्रेष्ठ, सुरेन्द्रराज शर्मा, कमल विश्वकर्मा, यामबहादुर खड्का, सुमन श्रेष्ठ, गोपाल प्रसाद रेग्मी, अमित बानियाँ, तारानाथ रेग्मी, सुविन श्रेष्ठ, ईश्वर कुमार श्रेष्ठ, अन्जित खाँन निर्वाचित हुनुभएको छ ।

निवर्तमान अध्यक्ष जिवनबहादुर विश्वकर्मा, महिला उद्यम विकास समितिका सभापती, दरवाङ ईकाईका सभापती र बस्तुगततर्फबाट पुस्तक तथा स्टेशनरी व्यवसायी संघ पदेन सदस्य रहने संघको निर्वाचित कार्यसमितिको पहिलो बैठकले बरिष्ठ उपाध्यक्ष, प्रथम, दितृय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहसचिव र ६ जना सदस्य मनोनित गर्ने जनाइएको छ ।

संघको अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणीज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले म्याग्दीमा प्रशस्त सम्भावना रहेको जलविद्युत, पर्यटनको विकास र कृषिको आधुनिकीकरणमा निजी क्षेत्रको लगानी भित्र्याउन आवश्यक रहेको बताउनुभयो ।

लगानीको वातावरण भएमा स्वदेशमै रोजगारी सिर्जना हुने र बिदेशीनुपर्ने नेपालीको बाध्यता काम गर्न सकिने उपाध्यक्ष ढकालले बताउनुभयो । प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि देशमा राजनितिक स्थिरता कायम भई लगानीको वातावरण बन्ने उहाँले विश्वास गर्नुभयो ।

 

 

 

 

 

सन्तोष गौतम