बाम गठबन्धनको अर्मन र बाबियाचौरमा आमसभा, राम्चेमा कार्यकर्ता भेटघाट

  • ११ कार्तिक २०७४, शनिबार
  • 2507 पटक पढिएको

म्याग्दी, ११ कात्तिक । नेकपा एमाले र माओवादीको संयुक्त प्रचार टोलीले शनिबार मंगला गाउँपालीका ५ अर्मन र २ बाबियाचौरमा आमसभा गरेको छ ।आमसभालाई सम्बोधन गर्दै एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा बाम गठबन्धनको तर्फबाट म्याग्दीका साझा उमेद्वार भुपेन्द्रबहादुर थापाले नेपाली जनताको अपेक्षा अनुसार एउटै कम्युनिष्ट पार्टी र कम्युनिष्टको सरकार चलाउने उद्देश्यले बामतालमेल र पार्टी एकताको सहमती भएको बताउनुभयो ।

राष्ट्रियता र लोकतन्त्रको रक्षा, संबिधानको पूर्ण कार्यान्वयन, विकास र सम्बृद्धीको लागि भएको बाम गठबन्धनलाई आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जिताउन आग्रह गर्नुभयो । प्रदेशसभा क्षेत्र नम्बर २ का उमेद्वार नरदेवी पुनले नेपालमा कम्प्युनिष्टको नेतृत्वमा बनेका सरकाले गरेका कार्यहरुको स्मरण गर्न आग्रह गर्दै बाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले बेनी दरवाङ सडक कालोपत्रे योजना कार्यान्वयनको चरणमा रहेको र दरवाङ ढोरपाटन सडक निर्माणमा प्राथमिकता दिने बताउनुभयो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, माओवादी केन्द्रका देवराज सुवेदी, माओवादी केन्द्रबाट प्रतिनिधिसभाको समानुपातीकमा प्रस्तावीत हुनुभएका टेकबहादुर विश्वकर्मा, होमलाल पुन लगायतले विगतका तित्ततालाई बिर्सीएर बाम गठबन्धनलाई जिताउन सहकार्य गरेर प्रचारमा जुट्ने एमाले माओवादीका कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अर्मनमा माओवादी केन्द्रका चन्द्रप्रसाद बुढाथोकीको अध्यक्षता, मंगला गाउँपालीका अध्यक्ष सतप्रसाद रोकाको सञ्चालन र एमालेका रत्न विश्वकर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी प्रदेशसभाको क्षेत्र नम्बर १ मा बाम गठबन्धनका साझा उमेद्वार माओवादीका बिनोद केसीको टोलीले अन्नपूर्ण गाउँपालीका ८ राम्चेमा शनिबार कार्यकर्ता भेटघाट गरेको छ ।

फासबहादुर गर्बुजाको सञ्चालन र वडा अध्यक्ष खमबहादुर गर्बुजाको अध्यक्षतामा भएको कार्यक्रममा उमेद्वार केसीले म्याग्दीलाई सम्बृद्ध बनाउन जलस्रोत, जनशक्ति, पर्यटन, वन पैदावारलाई व्यवस्थीत गर्नुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा एमालेका नारायण पुन, खड्ग गिरी, दुर्गादेवी पाईजा, माओवादी केन्द्रका शेरबहादुर केसी, सुवास बिक, बामपन्थि युवा नेता रेशम जुक्जाली लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा फासबहादुर गर्बुजाको अध्यक्षतामा प्रचारप्रसार र उमेश गर्बुजाको अध्यक्षतामा युवा परिचालन समिति गठन भएको छ ।