माझखर्कमा स्थानीयको पहलमा बालशिक्षा संचालनः ३ लाख ६८ हजार सहयोग संकलन

  • ११ कार्तिक २०७४, शनिबार
  • धिरन खत्री
  • 3586 पटक पढिएको

म्याग्दी, ११कातिक । म्याग्दीको रघुगंगा गाउँपालिका वडा २ राखु भगवती माझखर्कमा स्थानीय बासीको पहलमा बालकक्षा संचालन गरिएको छ । माझखर्कमा रहेका साना बालबालिहरु पठ्नपाठन गर्न १ घण्टा टाढा जाने बाध्यतालाई हटाउन बाल कक्षा संचालन गरिएको हो ।


सो बालकक्षा संचालनका लागि राखु भगवती निवासी समाजसेवी लोकबहादुर भण्डारीले १ लाख ११ हजार १११ रुपैया सहित तिन लाख ६८ हजार सहयोग संकलन भएको थियो । ५० घरधुरी रहेको माझखर्कमा बालशिक्षा संचालनले २० भन्दा बढी बालबालिकालाई लाभान्वित हुने छन् । माझखर्कमा, रहेका बालकक्षालाई निरन्तरता दिन, बालबालिकालाई १ घण्टाको पैदलयात्रा गरेर अन्य विद्यालयहरुमा पढ्न जाने समस्यालाई हटाउन सो सहयोग गरेको समाजसेवी लोक भण्डारीले बताउनुभयो ।


बालशिक्षा कक्षा उद्घाटन तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालले बालशिक्षा संचालनले कलिला बालबालिकालाई राहत पुग्ने हुदाँ प्रभावकारी रुपमा निरन्तरता दिन आग्रह गर्नुभएको थियो । बालशिक्षा संचालनमा आर्थिक र भौतिक सहयोगका लागि सम्बन्धित निकायबाट आवश्यक सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बालबालिका काचो माटो भएको हुदाँ उनीहरुलाई समाज र राष्ट्रका सक्षम जनशक्ति उत्पादन गर्न अभिभाबक, शिक्षक र विद्यालयको भूमिका महत्वपुर्ण हुने बताउनुभयो ।


यस्तै रघुगंगा गाउँपालिका वडा २ अध्यक्षका रिमबहादुर कटुवाल क्षेत्रीले समाजको विकास मुल आधार शिक्षा भएको हुदाँ बालबालिकामा शिक्षा प्रभावकारी बनाउन सबैको भूमिका महत्वपुर्ण हुने बताउनुभयो । सो कार्यक्रममा समाजसेवीहरु लोकबहादुर भण्डारी, तर्क केसी, देवेन्द्रबहादुर मल्ल, तप्त थापा, श्रोतब्यक्ति दुतबहादुर पुन, रघुगंगा गाउँपालिका स्वास्थ्य संयोजक राजकुमार शाही, समाजसेवी तोपबहादुर केसी र बलबहादुर सुनारले शुभकामना मन्तव्य राख्ुनभएको थियो ।


बालकक्षा संचालनका लागि लोकबहादुर भण्डारीले १ लाख ११ हजार १११ रुपैया, रघुगंगा गाउँपालिकाबाट १ लाख ५० हजार, तत्कालिन भगवती गाउँविकास समितिबाट ५० हजार, जिसस प्रमुख देवेन्द्रबहादुर कटुवाल क्षेत्रीबाट ५ हजार ५५५ रुपैया, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ११ हजार १११ रुपैया, वडा अध्यक्ष रिमबहादुर कटुवाल क्षेत्री ११ हजार १११ रुपैया, वडा सदस्य रविन भण्डारी ५ हजार १०५, विलबहादुर कार्की ५ हजार १४, कमल भण्डारी ४ हजार१०, तप्त बहादुर थापा ५ हजार १सय, देवेन्द्रबहादुर मल्ल ५ हजार ५५५ रुपैया,कृष्ण बहादुर शाही ५ हजार ५ सय ५५, सिरबारी ठाडीखोरीया बन उपभोक्ता समितिबाट १० हजार ११५, दुतप्रसाद पुन ५ हजार ५सय, मानबहादुर पुर्जा ५ हजार १५०, धौलागिरि प्राविका प्रअ मनबहादुर पुर्जाबाट ५ हजार १५०, गुप्तबहादुर भण्डारी ५ हजार १५, तोपबहादुर केसी ६सय, सुनिल केसी १० हजार १सय , लक्ष्मी कार्की ५ हजार, तर्कबहादुर कटुवाल ५ हजार, महिला मिलन सहकारी भगवती ३ हजार १३१, ज्ञानबहादुर कार्की ५ हजार ११५ रुपैया सहयोग गरेका थिए । उद्घाट्न कार्यक्रम जिसस प्रमुख, गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष ले सहयोग दाताहरुलाई सम्मान गरिएको थियो ।


बालशिक्षा संचालन समितिका अध्यक्ष बालकृष्ण कार्की (ख)को अध्यक्षता, निलगिरि आमासमुहकी अध्यक्ष लक्ष्मी कार्कीको स्वागत मन्तव्य र समाजसेबी बालकृष्ण कार्कीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l