जापानमा रहेका स्थानियहरुबाट रु २२ लाख बढी सहयोग संकलन

  • १२ कार्तिक २०७४, आईतवार
  • थम्मन थापा सन्देश
  • 2525 पटक पढिएको

कात्तिक १२,बागलुङ । बागलुङको गलकोट क्षेत्रका अधिकांश  युवा युवतीहरु रोजगारीको शिलशिलामा जापानमा रहेका छन । गाउॅमा हुने स्थानिय कार्यक्रम, मेला, महोत्सव देखि सामाजिक संघ संस्था, विद्यालय सञ्चालनको लागि जापानमा रहेका गलकोटेहरुले विगत देखि नै सहयोग गर्दै आईरहेका छन । जिल्लाको गलकोट नगरपालिका ८ कॉडेबासमा रहेको जनजागृति माध्यमिक विद्यालयले आगामी माघमा हिरक महोत्सव मनाउन गईरहेको छ ।

विद्यालयको हिरक महोत्सव सफल पार्न र विद्यालयको थप उन्नति र प्रगतिको निम्ति जापानमा रहेका स्थानियहरुबाट अहिले रु २२ लाख भन्दा बढी आर्थिक सहयोग संकलन भएको विद्यालयका प्रधानध्यापक तेजेन्द्र बुढाथोकीले जानकारी दिए । महोत्सव सफल पार्न र आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्वी सॅगै प्रगतिको निमित्त जनजागृति माध्यमिक विद्यालय कॉडेबासका शिक्षक सोमलाल सापकोटा आर्थिक संकलनको निमित्त अहिले जापानमा रहेका छन ।

जापानका विभिन्न शहरमा रहेका यस क्षेत्रका व्यक्तिहरुबाट मात्रै २२ लाख ५८ हजार ४ सय ४४ रुपैया रकम संकलन भएको विद्यालयका शिक्षक सापकोटाले जानकारी दिए । वि।सं २०१४ सालमा स्थापना भएको विद्यालयले आफ्नो गौरवमय ६० वर्ष प्रवेश गरेको सुखद अवसरमा आगामी माघ १० गतेदेखि १४ गतेसम्म विद्यालयले हिरक महोत्सव मनाउन गइरहेको छ । हिरक महोत्सवलाई लक्षित गदै विद्यालयले हाल जापानका विभिन्न स्थानहरुमा आर्थिक संकलन अभियानलाई तिव्र रुपमा अगाडी बढाइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदिलाल सापकोटाले बताए ।

यस क्षेत्रका झण्डै १ दर्जन भन्दा बढी विद्यालयका पूर्व विद्यार्थीहरु हाल जापानको विभिन्न ठाँउहरुमा रोजगारीको शिलशिलामा कार्यरत रहेका छन । गत भदौ २० गते विद्यालय व्यवस्थापन समितिको बैठकले आगामी माघमा विद्यालयको हिरक महोत्सव मनाउने निर्णय गरेको थियो ।

थम्मन थापा सन्देश