छानो उडाएपछि पठनपाठनमा समस्या
- २३ फाल्गुन २०७४, बुधबार
- 1683 पटक पढिएको
म्याग्दी २३ फागुन । म्याग्दीको धौलागिरी गाउँपालीका ३ मुनामा रहेको धौलागिरी आधारभुत विद्यालयको भवनको छानो हावाले उडाएपछि पठनपाठनमा समस्या भएको छ ।शनिबार राती बेजोडका साथ चलेको हावाहुरीले २ कोठे कक्षा कोठा भवनको छनो उडाएको थियो । जस्तापाताको छानो हावाहुरीले उठाएपछि कक्षा ७ र ८ को पठनपाठन सञ्चालन गर्न समस्या भएको प्रअ मनबहादुर पुनले बताए ।
बैकल्पीक कक्षा कोठा नहुँदा छानो उडाएकै भवन मुनी बसेर पढ्न बाध्य भएका छन् । भवन मर्मतका लागि गाउँपालीका र शिक्षा कार्यालयमा अनुरोध गरिएको प्रअ पुनले बताए । उक्त दुई कोठे भवन ब्रिटीस वयलफेयरले निर्माण गरेको थियो ।