विशेष

म्याग्दीको यार्साः संकलन घट्यो की, अबैध निकासी बढ्यो ?

म्याग्दी, २७ जेठ । म्याग्दीको हिमाली भेगमा बहुमुल्य जडिबुटी यार्सा प्रशस्त पाईने भएपनि बैधानिक रुपमा न्युन मात्रामा निकासी हुने गरेको छ । केही बर्ष अगाडीसम्म जिल्लाबाट बार्षिक रुपमा झण्डै २० किलो बढी यार्सा निकासी हुने गरेको भएपनि पछिल्ला दुई बर्ष यता निकै न्युन मात्रामा यार्सा निकासी भएको देखिएको छ ।... पुरा पढ्नुहोस

एमाले अवसरवादी पार्टीः प्रचण्ड

जेठ २७–नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अवसरवादी भएको आरोप लगाउँदै सम्पुर्ण परिर्वतनको केन्द्रविन्दु माओवादी पार्टी भएको दाबी गरेका छन् । शनिबार विहान लाजिम्पाटस्थित आफ्नै निवासमा पार्टी प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीको नेतृत्वका कारण नै मुलुकमा परिर्वतनको महसुस गर्न सकिएको दाबी गरेका हुन्... पुरा पढ्नुहोस

पर्यटकीय सम्भावना र पुरातात्विक महत्वको ज्यामरुककोट पूर्वाधार विकासको पर्खाइमा

म्याग्दी, २७ जेठ । पाँच सय ७४ वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका २ मा अवस्थित पर्यटकीय,जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहाँसिक र पुरातात्विक स्थल सरकारी उपेक्षा र स्थानीयको उदासिनताका कारण ओझेलमा परेको छ ।सदरमुकाम बेनीबजारदेखि करिव ४ किलोमिटरको दुरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावनाहरु रहेका छन् ।   ज्यामरुककोटको... पुरा पढ्नुहोस

प्रधानमन्त्री र मन्त्रीहरु सन्तको शरणमा !

२५ जेठ। प्रधानमन्त्री शेरबहादुर देउवा र केही मन्त्रीहरु सन्त कृष्णदास जी महाराजको आश्रममा पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी आरजु, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्र कार्की लगायतका नेताहरु सन्तको आश्रममा पुगेका हुन् । उनीहरुले त्यहाँ पूजाआजा गर्दै आशिर्वाद समेत लिएका छन् । देउवा पत्नी सन्त... पुरा पढ्नुहोस

सिंगाका युवा कृषक खड्कालाई खर्वुजा बजारीकरणमा भ्याइनभ्याई (फोटो फिचर)

म्याग्दी, २५ जेठ ।  म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका युवा कृषक भगवान खड्काले बगरमै खर्वुजा गरि आकर्षक आम्दानी गर्न सफल हुनुभएको छ । म्याग्दी नदीको छेवैमा नदीले खेतवारी खटान गरि बनेको बगरमा खड्काले गत बर्षदेखि खर्वुजा खेती सुरु गर्नुभएको थियो । म्याग्दी नदीले कटान गरेको खेत सहित ६ रोपनी खेतमा खर्वुजा... पुरा पढ्नुहोस

प्रधानमन्त्री देउवाद्वारा ८ सदस्यीय मन्त्रिमण्डल गठन, को–को बने मन्त्री ?

जेठ २४– प्रधानमन्त्री शेरबहादुर देउवाले ८ सदस्यीय  मन्त्रिमण्डल गठन गरेका छन् । देउवाले सपथ ग्रहणलगत्तै कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका १ मन्त्री सम्मिलित मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनीहरुलाई देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराइन् । मन्त्रिमण्डल यस्तो छः शेरबहादुर देउवा, प्रधानमन्त्रीसहित... पुरा पढ्नुहोस

४५०४ दिनपछि देउवाको सिंहदरबारमा पुनरागमन

जेठ २३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आज बसेको व्यवस्थापिका संसद बैठकमा भएको निर्वाचनमा देउवा संसदमा बहुमत सिद्ध गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । संसदमा मत विभाजनका आधारमा भएको निर्वाचनमा देउवाको ३८८ पक्षमा  सांसदले मतदान गरेका थिए । यस्तै देउवाको विपक्षमा १७०  मत पर्यो... पुरा पढ्नुहोस

बेनी नगरपालिकालाई समृद्ध बनाउन आम्दानीका स्रोतहरुको खोजी गरिने

म्याग्दी, २२ जेठ । बेनी नगरपालिकालाई समृद्ध बनाउन आन्तरिक आम्दानीका स्रोतहरुको पहिचान गरि उपयोगमा ल्याउन पहल गरिने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघले वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा बिजयी बेनी नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मानको लागि सोमबार आयोजना गरेको कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले सो कुरा बताएका हुन् ।... पुरा पढ्नुहोस

घारमा जनप्रतिनिधिहरुलाई सम्मान

म्याग्दी, २२ जेठ । अन्नपूर्ण गाउँपालिका–६ घारमा सोमबार जनप्रतिनिधिहरुलाई सम्मान तथा विश्व वातावरण दिवस मनाईएको छ । मुक्तिमार्ग मावि र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । सो अबसरमा आयोजित हाजिरी जबाफ प्रतियोगितामा मुक्तिमार्ग मावि प्रथम र खिबाङ आधारभुत विद्यालय द्धितिय हुन सफल भएका... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालिकामा सलामी दस्तुरलाई गाउँपालीका मातहत ल्याउने निर्णय

म्याग्दी २२ जेठ । म्याग्दीको धौलागिरी गाउँ कार्यपालीकाको पहिलो बैठकले प्राकृतिक स्रोत साधनबाट प्राप्त हुने रोयल्टी (सलामी दस्तुर)लाई गाउँपालीका मातहत ल्याउने निर्णय गरेको छ । जेठ १८ गते कार्यपालीका गठन भएपछि बसेको बैठकले धौलागिरी हिमाल, ढोरपाटन शिकार आरक्ष, जलस्रोत, जडिवुटी लगायत प्राकृतिक स्रोत साधन वापतको रोयल्टी रकम गाउँपालीका मातहत ल्याउन... पुरा पढ्नुहोस