आर्थिक सहायता सम्बन्धि धौलागिरी गाउँपालीकाले यस्तो बनायो कार्यबिधी !

  • १८ माघ २०७४, बिहीबार
  • 2265 पटक पढिएको

म्याग्दी १८ माघ । म्याग्दीको धौलागिरी गाउँपालीकाले आर्थिक सहायता सम्बन्धि कार्यबिधी बनाएको छ । विपद् पिडीत र जटिल रोगबाट बिरामी परेकाहरुको उपचारका लागि आर्थिक सहायता प्रदान गर्न कार्यबिधी तयार पारिएको हो । गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा मुना स्थित कार्यालयमा बुधबार बसेको कार्यपालीका बैठकले कार्यबिधी पारित गरेको कार्यपालीकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

कार्यबिधी अनुसार मृगौला पिडितलाई डायलाईसीस गर्न, स्पाईनल ईन्जुरी, मुटु रोगी भई अप्रेशन गर्नुपर्ने, बोनम्यारो, स्तन क्यान्सर र पाठेघर क्यान्सर लागेकालाई पच्चिस हजार सहयोग गरिने भएको छ । पहिरो र आगोलागीबाट घर नष्ट भएमा बिस हजार र गोठ नष्ट भएमा दश हजारका दरले राहत प्रदान गर्ने कार्यबिधीमा उल्लेख छ ।

बैठकले गाउँसभा र कार्यापालीका सदस्यहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको छ । ७ वटा वडा रहेको धौलागिरी गाउँपालीकामा ३७ जना जनप्रतिनिधी छन् । गाउँसभाका २ जना सदस्य जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित भएका थिए ।

यसैगरी गाउँपालीकाले बालबालीकाको क्षेत्रमा बिनियोजन गरेको बजेटबाट उनिहरुको नेतृत्व तथा क्षमत्ता, शैक्षिक विकासमा सहयोग पुग्ने कार्यक्रम गर्न विद्यालयहरुलाई प्रस्ताव पेश गर्न आव्हान गर्दै सो कार्यक्रमको लागि दश हजार देखि पचास हजार रुपैया सम्म बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।