दग्नामका मृगौला पिडित तिलिजालाई रु १ लाख ७७ हजार बढी सहयोग

  • १८ माघ २०७४, बिहीबार
  • 2197 पटक पढिएको

म्याग्दी, १८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका– ४ दग्नाम घर भई वडा नम्बर ३ रघुघाटमा बस्दै आएका मृगौला पिडित राजकुमार तिलिजाको उपचारको लागि स्वदेश तथा विदेशमा रहेका दग्नामबासीले आर्थिक सहयोग संकलन गर्ने अभियानलाई तिब्र पारेका छन् ।


२२ बर्षका तिलिजाको दुबै मृगौला फेल भएको कारण उनको उपचारको लागि सञ्चालन गरिएको सहयोग संकलन अभियान अन्र्तगत अष्ट्रेलिया, हङकङ, पोखरा र बेनी गलेश्वर मा बसोबास गर्ने दग्नामबासीहरुको पहलमा रु १ लाख ७७ हजार ९७५ आर्थिक सहयोग भएको छ ।
उक्त सहयोग रकम पिडित तिलिजा परिवारलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । दग्नाम दरमिजा बेनी– गलेश्वर समाजका सचिब धनिलाल गर्वुजा, उपाध्यक्ष कुलप्रसाद गर्वुजा, सदस्य सरिता गर्वुजाको रोहोबरमा सो सहयोग रकम मृगौला पिडित तिलिजाको उपचारको लागि हस्तान्तरण गरिएको थियो ।

तिलिजाको उपचारको लागि आर्थिक स्रोत जुटाउन स्वदेश तथा विदेशमा रहेका दग्नामबासीहरुको पहलमा संचालन भएको अभियान अन्र्तगत अहिले सम्म रु ४ लाख ५० हजार बढी सहयोग रकम जुटिसकेको छ । काठमाण्डौ स्थित मनमोहन मेमोरियल मेडिकल कलेजमा डायलासिस गरि उपचार गरिरहेका तिलिजाको मृगौला पत्यारोपणको प्रकृया समेत छिट्टै सुरु हुने पारिवारीक स्रोतले जनाएको छ ।
गत कात्तिक ७ गतेदेखि हप्तामा दुई पटक डायलासिस गरि उपचाररत तिलिजाको मृगौला पत्यारोपणको लागि उनकै आमा पूर्ण कुमारी तिलिजाले मृगौला दिने निश्चित भैसकेको छ ।
सहयोगी हरुको नामावली तल उल्लेखित छन।

अष्ट्रेलिया वाट

याम वहादुर गर्बजा, भुपेन्द्र तिलिजा र निर गर्बुजा को पहलमा रु.१,०००००

हंङकंङ वाट

नन्दराम गर्बुजा ५०० एच.के डलर

गंगे तिलिजा   ५०० एच.के डलर

पुर्ण गर्बुजा    ५०० एच.के डलर

कुमार वुदुजा  ५०० एच.के डलर

दिपा पुन      ५०० एच.के डलर

सुजाव सेरपन्जा पुन ५०० एच.के डलर

नगेन्द्र गर्वुजा  ५०० एच.के डलर

गणेश तिलिजा ३०० एच.के डलर

नरमाया गर्बुजा २५० एच.के डलर

नरवदा थापा  १५० एच.के डलर

जम्मा ४,७०० एच.के डलर नेपली रु.६२२७५

पोखरा वाट

विना गर्बुजा को पहलमा रु.२,५००

दग्नाम दर्मिजा समाज वेनी गलेश्वोर वाट

दग्नाम दर्मिजा समाज वेनी गलेश्वोर रु.५,०००

धनिलाल गर्बुजा  रु.५००

सरिता गर्बृुजा    रु.५००

लकमायाँ थजाली रु.५००

सुनिता छन्त्यल  रु.२००

लिला सेरपन्जा  रु.५००

कुमारी सेरपन्जा रु.५००

विन्दु थजाली    रु.५००

खरमायाँ रम्जाली रु.५००

थम मायाँ पुन   रु.५००

मिनु तिलिजा    रु.५००

तारा देवी पुन   रु.५००

गौदेवी गर्वुजा   रु.५००

गुनमायाँ छन्त्याल रु.५००

डमती तिलिजा   रु.५००

छ मायाँ गर्बुजा  रु.५००

तिलकुमारी छन्त्याल रु.५००

सुकमती गबुृजा    रु.५००

जम्मा रु. १३,२००