विशेष

मालिका–६ वडामा ‘हरेक घर एक आत्मनिर्भर’ अभियान सञ्चालन

कमल खत्री म्याग्दी, ७ असार । म्याग्दीको मालिका गाउँपालिका–६ नम्बर वडाले स्थानीय स्तरमा रहेका सम्भावनाहरुको पहिचान गरि ‘हरेक घर एक आत्मनिर्भर’ अभियान सञ्चालन गरेको छ । कृषि र उद्यमशिलताको पहिचान र प्रवद्र्धनमा जोड दिएर वडाभित्र रहेका टोल र बस्तीस्तरमा अभियान सञ्चालन गरिएको वडा अध्यक्ष सन्तनाथ (सन्तोष) सुवेदीले जानकारी दिनुभयो । ... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकाको नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत

म्याग्दी, ७ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागि नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । शनिवार आयोजित गाउँपालिकाको छैठौँ गाउँसभामा गाउँपालिकाका अध्यक्ष थमसरा पुनले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । गाउँपालिका अध्यक्ष पुनले गाउँसभाको उद्घाटन गर्दै गाउँपालिकाको विकास र समृद्धिलाई केन्द्रित गरि नीति... पुरा पढ्नुहोस

दरवाङमा योग भवन निर्माण

बेनी ६ असार । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा योग भवन निर्माण भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयबासीको श्रमदान तथा चन्दा सहयोगमा निर्माण भएको भवनको अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले स्वस्थ्य समाज निर्माणका लागि योगको... पुरा पढ्नुहोस

म्याग्दी र रुकुम जोड्ने राष्ट्रिय सडक आयोजना सञ्चालनको माग ( भिडियोसहित)

  बेनी ६ असार । म्याग्दीबाट निर्वाचित सांसद भुपेन्द्रबहादुर थापाले म्याग्दी र रुकुम जोड्ने राष्ट्रिय सडक आयोजना सञ्चालन गर्न माग गरेका छन् ।व्यवस्थापिका संसदको बजेट अधिवेशनको छलफलमा भाग हिदै सांसद थापाले बेनी देखि दरवाङ ताकम जलजला ढोरपाटन हुदै रुकुम पश्चिम जोड्ने राष्ट्रिय सडक आयोजना सञ्चालन गर्न भौतिक योजना तथा यातायात... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको नीति तथा कार्यक्रम पारित (फोटो फिचर)

कमल खत्री म्याग्दी ५ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷७७ को लागि गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेको छ । विहिवार आयोजित गाउँसभामा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । गाउँसभामा अध्यक्ष भण्डारीले पेश गर्नुभएको नीति तथा कार्यक्रममाथि गाउँसभाका सदस्यहरुले... पुरा पढ्नुहोस

म्याग्दीमा साताव्यापि कार्यक्रम गरि लागुऔषध दुरुपयोग विरुद्धको दिवस मनाईदै

म्याग्दी ४ असार । लागु औषध दुरुपयोग एवम् ओसार पोसार विरुद्धको अन्र्तराष्ट्रिय दिवस म्याग्दीमा साताव्यापि कार्यक्रम आयोजना गरि मनाईने भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको दिवस मुल समारोह समितिको बैठकले जुन २६ तारिकका दिन मनाइने लागु औषध दुरुपयोग एवम् ओसार पोसार विरुद्धको दिवसलाई साताव्यापि जनचेतनामुलक कार्यक्रम गरि मनाउने... पुरा पढ्नुहोस

केरावाला किसान, एउटै घारीमा ४ सय ८२ कोसा ! (फोटो कथा)

म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–८ क्याम्पसचोक हिलसाइडका मनवीर किसान आफ्नो बारीमा एउटै घारीमा फलेको आफु भन्दा अग्लो केराको घारी देखाउँदै । ४८२ वटा कोसा फलेको यस घारीलाई विक्रि गरि किसानले ३ हजार ६ सय आम्दानी गरेका छन् । स्थानीय रुपमा हजारे जातको रुपमा चिनिने यस जातको केराको कोसा... पुरा पढ्नुहोस

दरवाङमा उपभोक्ता जागरण अभियान सम्पन्न, संयुक्त बजार अनुगमन

दरवाङ ३ असार । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सोमबार उपभोक्ता जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा उपभोक्ता अधिकार सम्बन्धी नीगिगत व्यवस्था र त्यसको कार्यान्वयन अवस्था, चुनौति र सरोकारवालाहरुको भूमिकाका विषयमा अन्तरक्रिया गरिएको थियो । यसैगरी सोही अवसरमा समितिले दरवाङको पक्कि पुल... पुरा पढ्नुहोस

वेष्ट पुलिस अवार्ड बुढालाई

बेनी १ असार । म्याग्दीमा जेठ महिनाको वेष्ट पुलिस अवार्ड बेनी नगरपालिका–९ मा रहेको गलेश्वर प्रहरी चौकीका हवल्दार झलकबहादुर बुढाले पाउनुभएको छ ।  बैशाख महिनादेखि जिल्ला प्रहरी कार्यालयले मासिक रुपमा उत्कृष्ट कार्यसम्पादन गर्ने एक जना प्रहरीलाई वेष्ट पुलिस अवार्डबाट सम्मान गर्न थालेको थियो । सडक तलको पहिरोको जोखिममा रहेको प्रहरी... पुरा पढ्नुहोस

बेनीमा लागुऔषध सहित ६ जना पक्राउ

म्याग्दी १ असार । म्याग्दीमा ६ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । शनिवार साँझ बेनीका विभिन्न ठाउँबाट लागुऔषध कारोबारमा सक्रिय समुहलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको जनाएको छ । ४ जना युवा र २ युवतिबाट ८६ सेट डाईजापाम, फेनेरागन र नुर्फिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको... पुरा पढ्नुहोस